back
CTIZAN AD

कैदीबन्दी भाइरल बिरामी भएपछि उपचार शुरु

वि.सं.२०७६ साउन २२ बुधवार

774 

shares

२२ साउन, गाईघाट । उदयपुर जिल्लाको गाईघाटस्थित बोक्सेमा रहेको जिल्ला कारागार शाखाका सम्पूर्ण कैदीबन्दी भाइरल ज्वरोबाट बिरामी भएपछि उपचार शुरु गरिएको छ ।

शुरुमा दुई–चार कैदीबन्दीलाई मात्र सामान्य ज्वरो आए पनि विस्तारै सम्पूर्ण कैदीबन्दी नै भाइरल ज्वरोबाट प्रभावित हुन पुगेपछि सोमबारदेखि उनीहरूको नियमित उपचार शुरु गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार जिल्ला अस्पताल उदयपरबाटै चिकित्सकसहित औषधि झिकाइ कारागारमै उपचारको व्यवस्था गरिएको छ ।

एक सय त्रिहत्तर कैदीबन्दीसहित तीन बालबालिका रहेको जिल्ला कारागार उदयपुरका सबै कैदीबन्दी भाइरलको ज्वरोबाट प्रभावित भएपछि अहिले नियमित उपचारको व्यवस्था गरिएपछि उनीहरूको स्वास्थ्य सुधार हुँदै गएको प्रजिअ खड्काले बताए ।

कैदीबन्दीको उपचारमा निःशुल्क औषधि र केही औषधि खरीद गरी ल्याएर प्रयोग गरिएको र अहिले उनीहरूको अवस्था सामान्य बन्दै गएको छ ।

शुरुमा सामान्य अनियमित ज्वरो आउने र रुघाखोकीबाट शुरु भएको भाइरलका बिरामीका कारण कैदीबन्दी ओछ्यानमै थला पर्न थालेका थिए ।

५० कैदीबन्दी अटाउने क्षमता रहेको जिल्ला कारागार उदयपुरमा हाल १७३ कैदीबन्दी राख्न बाध्य हुनुपरेको र उनीहरूले पिउने पानी प्रदुषित रहेका कारण कैदीबन्दी भाइरलबाट प्रभावित हुन पुगेको कारागार प्रशासनले बताएको छ ।
रासस

वि.सं.२०७६ साउन २२ बुधवार १०:३१ मा प्रकाशित

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

भोजपुर । यहाँस्थित रामप्रसादराई गाउँपालिका–३ भुल्के क्षेत्रका किसान पछिल्लो समय...

उदयपुर-१ मा रास्वपाका गेलाल विजयी

उदयपुर-१ मा रास्वपाका गेलाल विजयी

कटारी । उदयपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार पारसमणि...

मोरङ ३ मा श्रम संस्कृति अगाडि

मोरङ ३ मा श्रम संस्कृति अगाडि

बेलबारी ९मोरङ० । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार...

झापामा आज रातिदेखि मतगणना सुरु हुँदै

झापामा आज रातिदेखि मतगणना सुरु हुँदै

झापा । प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरु...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

गाईघाट (उदयपुर) । जिल्लाको चौदण्डीगढी नगरपालिका–९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग...