२३ साउन काठमाडौं । भक्तपुर र खोटाङ मा आगलागि हुँदा बिभिन्न धनमाल जलेर नष्ट भएको छ । भक्तपुर, मध्यपुर ठिमी नगरपालिकाका प्रकाश श्रेष्ठकोे घरमा आगलागी भएको हो ।
बुधबार साँझ घरमा ग्याँस सिलिण्डरमा रेगुलेटर जोडी बाल्ने क्रममा आगलागी हुँदा ग्याँस सिलिण्डर २ थान, फ्रीज १ थान र भाँडावर्तन लगायतका सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यसैगरी खोटाङ, खोटेहाङ गाउँपालिका- ३ नागि बस्ने गर्वलाल राईको घरमा खाना पकाउने क्रममा बुधबार दिउँसो आगलागी हुँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन, फर्निचर र नगद १ लाख रुपैयाँ समेत जलेर करिब २ लाख ४८ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
वि.सं.२०७६ साउन २३ बिहीवार १४:१७ मा प्रकाशित





























