back
CTIZAN AD

तीन हजार ९०० चल्ला नष्ट

वि.सं.२०७६ साउन २७ सोमवार

906 

shares

२७ साउन, चितवन । चितवनमा प्रक्रिया पूरा नगरी बिक्रीका लागि लैजाँदै गरिएका कुखुराका चल्ला नष्ट गरिएको छ । पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर चितवनले आइतबार भरतपुरबाट सो चल्ला नियन्त्रणमा लिएर सरोकारवालाको रोहवरमा नष्ट गरेको हो ।

काठमाडौँबाट काँकडभित्ता जाँदै गरेको ना५ख ७९३७ नंको गाडीमा विराटनगर, दमक र झापा लैजान लागिएको चल्ला नियन्त्रणमा लिइएको पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका प्रमुख रामकिशोर शाहले बताए। चल्ला र अण्डा क्वारेन्टाइन पास गराएर लैजानुपर्ने व्यवस्था भए पनि उनीहरुले क्वारेन्टाइन छलेर लैजान लागेको बताइएको छ । बिक्री अनुमतिपत्र, क्वारेन्टाइन चेकपोष्ट दरपिट भएको पत्र र अन्य आवश्यक केही कागजात नभएकाले चल्ला नष्ट गरिएको शाहले जानकारी दिए । “चल्ला बिक्री गर्ने कार्टुनमा सबै कुरा उल्लेख हुनुपर्छ”, उनले भने, “तर नियन्त्रणमा लिइएका चल्लाको कार्टुनमा कुनै कुरा उल्लेख गरिएको छैन ।”

चितवनका कुखुरा व्यवसायी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, प्रहरी, पशु विज्ञ केन्द्रका प्रतिनिधि, पत्रकार लगायतको रोहवरमा चल्ला नष्ट गरिएको हो । यसअघि शुक्रबार मात्रै चितवनमा पाँच हजार ५०८ ब्वायलर कुखुराका चल्ला नष्ट गरिएको थियो । भारतमा बर्डफ्लुको सङ्क्रमण रहेको हुँदा अहिले भारतबाट चल्ला ल्याउन रोक लगाइएको छ भने नेपालभित्रै पनि आवश्यक मापदण्ड पूरा गर्नुपर्छ । (रासस)

वि.सं.२०७६ साउन २७ सोमवार १२:५६ मा प्रकाशित

सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ

सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ

गोलबजार (सिरहा)। गैरकानुनी गतिविधि गरेको आरोपमा जनता समाजवादी पार्टी ९जसपा०...

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

पाटन (ललितपुर) । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा...

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ...

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...