back
CTIZAN AD

छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेका २९ जना पक्राउ

वि.सं.२०७६ साउन २७ सोमवार

648 

shares

२७ साउन,काठमाडौं । कास्की र भक्तपुरका विभिन्न स्थानमा जुवातास खेलिरहेका २९ जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका- ३२ झ्यौरीचोकस्थित रामराज पौडेलको गोठमा जुवातास खेलिरहेका विकाश थापा लगायत ११ जनालाई नगद ३२ हजार ८ सय ६५ रुपैयाँ र ३ बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी जनताको चौतारा र ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी पोखरा महानगरपालिका– १६ स्थित दुर्गा घलेको घरमा जुवातास खेलिरहेका गंगा प्रसाद गुरुङ सहित ८ जनालाई नगद २६ हजार १ सय ८५ रुपैयाँ र ३ बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

साथै कास्की, पोखरा महानगरपालिका- १० रामघाटस्थित ४३ वर्षीया उर्मिला लामिछानेको पर्वत होटलभित्र जुवातास खेलिरहेका लामिछाने लगायत ६ जनालाई नगद ३६ हजार ३ सय ३० रुपैयाँ र ३ बुक तास सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै भक्तपुर, मध्यपुर ठिमी नगरपालिका- ९ राधेराधेस्थित हरि बहादुर रानाभाटको शुभकामना होटलमा तास खेलिरहेका सूर्यविनायक बस्ने रामेछाप घर भएका ज्ञान बहादुर लामा लगायत ४ जनालाई नगद ३० हजार ६ सय ४० रुपैयाँ र ६ बुक तास सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ साउन २७ सोमवार १२:५८ मा प्रकाशित

सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ

सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ

गोलबजार (सिरहा)। गैरकानुनी गतिविधि गरेको आरोपमा जनता समाजवादी पार्टी ९जसपा०...

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

पाटन (ललितपुर) । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा...

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ...

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...