back
CTIZAN AD

मिर्गौला रोगले पीडित जनक र रोशनलाई अमेरिकाबाट आर्थिक सहयोग

वि.सं.२०७६ साउन २९ बुधवार

939 

shares

२९ साउन, काठमाण्डौं । मिर्गौला रोगले पीडित रोशन रानामगरको उपचारका लागि अमेरिकामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

अमेरिकालाई कर्मथलो बनाई बसेका श्रृजना रैका, सरिता थापा, यादव सिंजाली, हेमु मगर र सबीना थापा रानालगायतले चलाएको ‘रोशन राना मगर बचाउँ’ अभियान अन्तर्गत २०६२ डलर रानामगरलाई हस्तान्तरण गरिएको हो ।

मगर संघ अमेरिकाका केन्द्रीय अध्यक्ष कुलदीप राना मगरले पीडित रोशनलाई मंगलबार उक्त आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

रोशनको उपचारका लागि सहयोग गर्नेहरुमा विष्णु राना ४१, चक्र बुढा ५१, राजेश बुढा २१, मिगेन थापा १००, तिलु पुन २५, राजकुमार विष्ट ३०, सन्तोष सुवाल ५१, रुनी २०, अनु गुरुङ ५०, देवु मगर ५०, उमेश श्रेष्ठ ५१, सोनिया राना ५०, कुमार थापा ५१, सविना थापा ५१, सरिता थापा २१, धन थापा ५१, जेठा राना २५, सिल्पा ओझा २०, भारती रोका १५, अनिता घिमीरे १३०, गुण पुन २०, आकाश क्षेत्री १५, नाम थाहा नभएको ५१, टेक मिलन पुन २०, भिमा पुन २०, ओमदेव पुन ५१, सिर्जना राई ४०, स्वस्तिका मगर १०१, हिमा पुन ५१, लिला आले २१, विष्णु राना ३१, इशान घिमीरे २५, कुमार लुंगेली २७, प्रेम घर्ति मगर २५, सन्दिप घर्ती २५, गोपाल थापा ५१, मन सेर्वुजा ३१, निलरुपा गुरुङ २५, सवि थापा ५१, निलम थापा ५१, इन्दिरा घर्ती २५, नन्दु तामाङ २५, पद्मा लिंखा ३५, मन्जु ढकाल २०, अम्बिका ३०, निराजन गुरुङ ५१, प्रेम लाल बुढा मगर ५०, प्रदीप बुढाथोकी ३१, पुनम बस्याल ५५, देवेन्द्र लामा २१, सरोज आचार्य २५, शिसिर हुमागाईँ ४१ र बरमायाको २१ डलर गरेर टोटल २०६२ अमेरिकी डलर सहयोग गरिएको हो ।

यसैगरी सोहि अवसरमा मिर्गौला रोगले पीडित रहेको वर्दिबास महोत्तरीका जनक सिंह आलेललाई पनि आर्थिक सहयोग गरिएको छ ।

उनलाई पनि अध्यक्ष राना मगरले नै १९,४८८ रुपैयाँ आर्थिक सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

भक्तपुरको मिर्गाैला प्रत्यारोपण केन्द्रमा उपचार गराइरहेका आलेललाई सहयोग गर्नेहरुमा कुलदीप राना (आफैं) ३१, लक्ष्मी राना ५०, लिला आले ५० र तिलु पुनले ३१ डलर सहयोग गरेका थिए ।

वि.सं.२०७६ साउन २९ बुधवार १२:२२ मा प्रकाशित