२९ साउन, काठमाडौँ । प्रेसियस नेसनल एकेडेमी स्कुलमा गाइजात्रा कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयले आयोजना गरेको कक्षा ११ र १२ का विद्यार्थीहरुबिच गरीएको प्रतियोगितात्मक प्रहसन तथा हाँस्यव्यङग्य प्रस्तुतिमा कक्षा १२ का विद्याथीहरुले प्रथम र द्धितिय स्थान हाँसील गरेका छन् । कक्षा १२ कि आस्था बस्नेतले प्रथम स्थान हासील गरेकी छन् । बस्नेतले ब्यङग्य कबिता र प्रहसन प्रस्तुत गरेको विद्यालयका कार्यक्रम निर्देशक मोहन कुँवरले जानकारी दिए ।
बिद्यालयले प्रत्येक बर्ष आयोजना गर्ने यस्तो कार्यक्रममा विद्यार्थीहरुको उत्साहाजनक उपस्थीति रहेको कुँवरले बताएका छन ।
वि.सं.२०७६ साउन २९ बुधवार १२:२४ मा प्रकाशित






























