back

सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०७६ साउन २९ बुधवार

207 

shares
NTC AD
Global IME AD

२९ साउन,चितवन । जुनियर प्रहरी अधिकृत शिक्षालयका प्रमुख प्रहरी नायव महानिरीक्षक हरिभक्त प्रजापतिको प्रमुख आतिथ्यमा समुदाय–प्रहरी साझेदारी अन्तर्गत स्वास्थ्य, सुरक्षा र विकास सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम भरतपुर महानगरपालिका–४ स्थित जिल्ला समन्वय समितिको सभाहलमा मंगलबार दिउँसो सम्पन्न भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले स्वास्थ्य र सुरक्षा विषयमा शुभकामना मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक नारायण कोइरालाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रत्येक घरको भान्सा कोठामा नै औषधिजन्य सामाग्री पाइने भएकोले उक्त सामाग्रीको समुचित प्रयोगलाई संस्थागत गर्दै लैजानुपर्छ भन्ने मूल उद्देश्यकासाथ आयोजना गरिएको उक्त कार्यक्रममा पाथिभरा आयुर्वेदिक अस्पताल काठमाडौंका डाक्टर विपि तिमिल्सिनाले स्वास्थ्यमा सहयोग पुग्ने विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

पाथिभरा आयुर्वेद अस्पताल काठमाडौंको आयोजना तथा जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी कर्मचारीहरु, पूर्व प्रहरी कर्मचारी परिवार, जिल्लास्थित आमा समूह, समुदाय–प्रहरी टोल समितिका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

वि.सं.२०७६ साउन २९ बुधवार १४:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गृहद्वारा विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न पत्राचार

गृहद्वारा विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न पत्राचार

काठमाडौँ । गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

सरकारलाई आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न नेकपा एसको आग्रह

सरकारलाई आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न नेकपा एसको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले देशभरि फैलिएको...

जुगल गाउँपालिकाका वडाध्यक्ष तामाङ पक्राउ

जुगल गाउँपालिकाका वडाध्यक्ष तामाङ पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का...

चीनले नेपालीलाई साधारणतर्फ भिषा शुल्क नलिने

चीनले नेपालीलाई साधारणतर्फ भिषा शुल्क नलिने

काठमाडौँ । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

नेपाली चलचित्रले दर्शकको साथ पाए

नेपाली चलचित्रले दर्शकको साथ पाए

काठमाडौँ । नयाँ वर्ष विसं २०८१ को सुरूभएदेखि नै दर्शकहरूले...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी, अर्को खेल कहिले हुँदै छ त ?

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी, अर्को खेल कहिले हुँदै छ त ?

काठमाडौँ । नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले...