back
CTIZAN AD

कसले दियो न्युज २४ का अर्का पत्रकारलाई ज्यानमार्ने धम्की ?

वि.सं.२०७६ भदौ २ सोमवार

891 

shares

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकणरमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेल हिरासतमा रहिरहेका बेला न्युज २४ का अर्का पत्रकारलाई अज्ञात समुहले ज्यान मार्ने धम्कि दिएको बताइएको छ ।

पुडासैनीले आत्महत्या गर्नुपूर्व रेर्कड गरिएको भनिएको भिडियो सार्वजनिक भएको अर्कोदिन चितवन प्रहरीले न्यूज २४ टेलिभिजनबाट ‘सिधा कुरा जनतासँग’ का कार्यक्रम प्रस्तोता लामिछाने, अर्का पत्रकार कंडेल र पुडासैनीले भिडियो रेर्कडमा नाम लिएकी अस्मिता कार्की नामकी युवतीलाई चितवन प्रहरीले हिरासतमा राखेको छ ।

यसैबीच रविका सर्मथकहरुले रविको रिहाईको माग र निष्पक्ष छानविन हुनुपर्ने माग गर्दै चितवन लगायत विभिन्न जिल्लामा आवाज उठाइरहेका बेला नुवाकोटमै न्युज २४ का संवाददाता रामहरि गजुरेललाई धेरै दिनदेखि अज्ञात समुहले चरित्र हत्या गर्ने र ज्यानमार्ने सम्मको धम्कि दिएको बताइएको छ ।

नुवाकोट प्रेस सेन्टर नेपालका अध्यक्ष समेत रहेका उनलाई साउन २९ गते देखिनै निरन्तर रुपमा यस्तो धम्कि आउन थालेको हो ।

ती समूहले गजुरेललाई सामाजिक संजालमार्फत् र टेलिफोनमार्फत् चरित्र हत्या गर्ने र आत्महत्या गर्न बाध्य बनाइदिने, परिवारका सदस्य तथा बच्चाको अपहरण गरिदिनेलगायतका धम्कि दिइरहेको बताइएको छ ।

आफूलाई सामाजिक संजाल र फोनबाट यस्ता धम्कि आइरहेकोले आफूले प्रहरीमा उजुरी दिने तयारीमा रहेको गजुरेलले संसारन्युजसँग भने ।

‘धम्कि आइरहेको छ, अब प्रहरीमा सुरक्षाको माग गर्दै उजुरी दिने तयारीमा छु,’ गजुरेलले भने, ‘शालिकराम पुडासैनी मेरा पनि आफन्त हुन् पीडामा छु । तर, निष्पक्ष छानविन हुनुपर्छ भनिरहेको छु । सम्पूर्ण घटना रविजीमाथि छोड्दा असली अपराधि उम्कने हो कि भन्ने पनि लागिरहेको छ । ’

उनले रवि लामिछानेका विरुद्धमा लाग्नेहरुले रविको समर्थन नर्गन भन्दै धम्कि दिएको पनि बताएका छन् ।

वि.सं.२०७६ भदौ २ सोमवार १७:१८ मा प्रकाशित

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

वीरगन्ज (पर्सा) । पर्सा प्रहरीले शङ्कास्पद वस्तुसहित पर्साको प्रतिनिधिसभा सदस्य...

ललितपुरमा दुई स्थानमा अस्थायी मतदान केन्द्र

ललितपुरमा दुई स्थानमा अस्थायी मतदान केन्द्र

ललितपुर । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य...

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

भैरहवा (रुपन्देह) । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित...

सत्कारले लोभिन्छन् घरबासका पाहुना

सत्कारले लोभिन्छन् घरबासका पाहुना

गलकोट ९बागलुङ० ।सत्कारले लोभिन्छन् घरबासका पाहुना। साँझमा घरधन्दा सकेका घरबास...

सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ

सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ

गोलबजार (सिरहा)। गैरकानुनी गतिविधि गरेको आरोपमा जनता समाजवादी पार्टी ९जसपा०...

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...