back
CTIZAN AD

पत्रकार किशोर श्रेष्ठले भने-‘हाम्रो मानमर्दन गर्नेहरुबिरुद्ध अब के हुन्छ ?’

वि.सं.२०७६ भदौ ४ बुधवार

801 

shares

३ भाद्र, काठमाण्डौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेकी पत्नी निकिता पौडलेले शालिकराम पुडासैनी प्रकरणको भिडियो किर्ते गरेको भन्दै जनआस्थाका सम्पादक किशोर श्रेष्ठमाथि महानगरीय प्रहरी परिसर काठमाण्डौंमा बुधबार उजुरी दिएको भन्ने हल्लाले आफ्नो मानमर्दन भएको सम्पादक किशोर श्रेष्ठले अभिव्यक्त गरेका छन् ।

श्रेष्ठले आफूहरुविरुद्ध साइबर क्राइमको केस दर्ता गराउन खोजेको सुनेको बताउँदै पत्रकारले तथ्यमा टेकेर लेखेको समाचारउपर मुद्दा दर्ता गर्न गएको भन्ने होहल्ला मच्याएर दर्तै हुन नसकेको, हुन नपाएको केस दर्ता भएको भनेर हल्ला गरेर सामाजिक र सार्वजनिक रुपमा आफूहरुको मानमर्दन गर्नेविरुद्ध अब के हुन्छ ? भनेर प्रश्न उठाएका छन् ।

‘पत्रकारले यति चासो र चर्चाको मुद्धामा प्राप्त प्रामाणिक कुरा दबाएर राख्नपथ्र्याे कि, सार्वजनिक गरेर जनतालाई सू–सूचित गर्नुपथ्र्यो ?’ उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।


‘मैले एक हप्ताअघि नै भनेको र लेखेको छु– ‘शालिकराम प्रकरणको भिडियो उहाँकै परिवारबाट पाएर निस्पक्ष र शीघ्र अनुसन्धानमा सहजताको निम्ति त्यसमा आधारित हुँदै समाचार प्रकाशन र प्रशारण गरेका हौं !’ हिजो उहाँहरुको तर्फबाट बहस गर्ने अधिवक्ता सुनिल पोख्रेल आफैले चितवनमा पत्रकारहरुका सामु (हामीले शुरुदेखि जे भन्दै आएका थियौं) २३ मीनेटको भिडियो भन्ने बजार हल्लाको खण्डन हुनेगरी त्यही भन्नुभएको छ,अर्थात भिडियोका दुई अलग अलग क्लिप्स छन् एउटा ८ मीनेट २८ सेकेन्डको र अर्को ४ मीनेट ५८ सेकेण्डको !

आज यसैमा फण्डा मच्चाउँदै केहीले हाम्राबिरुद्ध साइबर क्राइमको केस दर्ता गराउन खोजेको सुनियो, पत्रकारले तथ्यमा टेकी लेखेका समाचारउपर मुद्धा दर्ता हुन्छ भने अब यति कुरा सोध्नैपर्ने भयो–म यिनका बिरुद्ध केस दर्ता गर्न पुलिसमा जाँदैछु भनी फेसबुकमा पहिले नै स्ट्याटस लेखेर,दर्तै हुन नसकेको, हुन नपाएको केस दर्ता भैसकेको होहल्ला मच्चाएर सामाजिक र सार्वजनिक रुपमा हाम्रो मानमर्दन गर्नेहरुबिरुद्ध अब के हुन्छ ? पत्रकारले यति चासो र चर्चाको मुद्धामा प्राप्त प्रामाणिक कुरा दबाएर राख्नपर्थ्यो कि सार्वजनिक गरेर जनतालाई सुसूचित गर्नुपर्थ्यो ?

अस्टमी गुरुङ्गको आत्महत्याको भिडियोलाई हत्या ठहर गर्दै टिभीमार्फत् कसले फैसला सुनाएको थियो ? आफूमाथिको आरोपलाई बिषयान्तर गर्नको निम्ति ती चेली अस्मिता कार्की ‘रुकु’ को निजी सम्बाद आफ्नो च्यानलमार्फत छरपस्ट पार्नेहरुबिरुद्ध के हुन्छ ?

हामीले परिवारबाट पाएको भिडियो भन्दाभन्दै ऋयलकउष्चबअथ त्जभयचथ अन्तर्गत निशाना अन्ततिर सोझ्याउने र उल्टो अनेक लान्छना मृतक शालिकराम बिरुद्ध लेख्दै हिंड्नेहरुबिरुद्ध के हुन्छ ? मेरो अमेरिकी पासपोर्ट त्याग्न लगाएर मलाई पुनः नेपाली हुन बाध्य बनाउने ? पख् तेरो पनि पासपोर्ट खोसेर देखाइदिन्छु भन्दै बदलाको कार्यक्रम प्रशारण गर्नेहरुबिरुद्ध के हुन्छ ? १६ बर्षअगाडि सबैतिरबाट सफाइ पाएको आत्महत्याको केसलाई हत्या नै हो भन्दै आफ्नो च्यानलमार्फत निरन्तर फैसला सुनाउनेहरु बिरुद्ध के हुन्छ ? ॐ अस्पतालमा सिन्धुपाल्चोककी गरिब बिमारी रामप्यारी उपचारको गडबडीका कारण अकाल मृत्युको मुखमा पुगेको त्यति चर्चित प्रकरण ससुराली नाताको कारण गुपचुप गराउनेहरुबिरुद्ध अब के हुन्छ ?’

वि.सं.२०७६ भदौ ४ बुधवार १९:३२ मा प्रकाशित

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको...

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै...

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौँ । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन...

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना पकाउने...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

सिद्धार्थनगर (भैरहवा) । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा...

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार...