back
CTIZAN AD

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

वि.सं.२०७६ भदौ ५ बिहीवार

2K 

shares

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने अर्थशास्त्रका शिक्षक हुन् । २०७४ सालको जेठ महिना, पानी परेको थिएन । सर्लाहीको मौसम असाध्यै गर्मीलो थियो ।

शाहले परीवारका साथमा वसेर टेलिभिजन हेरीरहेका थिए । यत्तिकैमा साहको फोनको घन्टी बज्यो । साँझ बजेको फोनको घन्टीले उनको जीवनमा ठूलै भुइँचालो ल्याइदियो । टेलीफोनवालाले भनेजस्तै शाहले न्युज २४ च्यानल खोले । नभन्दै उक्त च्यानलमा कार्यक्रम प्रस्तोताले शाहलाई बलत्कारी भन्दै बोलिरहेका थिए ।

मलङ्गवाको शाहको घरमा एक किसीमको सन्नाटा छायो उक्त समाचारका कारण । शाहले जसलाई ऋण दिएका थिए उनैले रवी लामीछानेको उक्साहटमा उक्त टेलिभिजन च्यानलमा आफूविरुद्ध बलत्कारको आरोप लगाइरहेका थिए । शाह भन्छन् “उर्मीलाकी छोरी वीमा कुमारी मन्डलले उनलाई बलत्कार गरेको बताइरहेकी थिइन् ।’

रवीले एकतर्फी कार्यक्रम चलाइरहेका थिए । शाहलाई बलत्कारी भनिरहेका थिए । शाह कानुनी उपचारको लागि जिल्ला प्रशासन गए । तर प्रमुख जिल्ला अधीकारी प्रदिपराज कँडेल प्रहरी उपरीक्षक मसहद आलम खानले समेत रविले लगाएको आरोप स्वीकार्नु पर्छ भनेर दवाव दिए ।

त्यतिबेला शाहको उमेर ६४ वर्ष थियो । वुढो शरीर लिएर उनी अदालत पुगे र अदालतले उनलाई सफाइ दियो । शाह भन्छन् -‘अदालतले त सफाइ दियो तर मेरो इज्जत कसले फर्काइदिन्छ ? नखाएको विष लागेर ६४ दिन थुना र जेल वस्दाको पीडा कसले सुनिदिन्छ आफूले गर्दै नगरेको काममा मलाई यसरी वदनाम गरे कि, म पनि पत्रकार पुडासैनीले जस्तै आत्महत्या गर्न चाहान्थे ।’

वि.सं.२०७६ भदौ ५ बिहीवार १७:१९ मा प्रकाशित

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८...

महालक्ष्मी विकास बैंकद्धारा दिगो बैकिङ्ग प्रबद्र्धनको लागि पदयात्रा

महालक्ष्मी विकास बैंकद्धारा दिगो बैकिङ्ग प्रबद्र्धनको लागि पदयात्रा

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

सभापति लामिछानेकाे चुनावी खर्च करिब १० लाख

सभापति लामिछानेकाे चुनावी खर्च करिब १० लाख

चितवन । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका...

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...