back

भक्तपुरमा उपनिर्वाचनका लागि ५४ मतदान केन्द्र, मुख्य निर्वाचन अधिकृत प्रधान

वि.सं.२०७६ कात्तिक ९ शनिवार

537 

shares

९ कात्तिक, भक्तपुर । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ को प्रदेशसभा १ मा रिक्त रहेको प्रदेश सदस्यको निर्वाचनका लागि आवश्यक तयारी तीव्र पारेको छ ।

कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीद्धारा दिइएको जानकारी अनुसार उपनिर्वाचनका लागि चाँगुनारायण नगरपालिका वडा नं १ देखि ९ र भक्तपुर नगरपालिका–१० गरी जम्मा १० वटा वडा रहेको यसक्षेत्रमा कूल २२ वटा मतदानस्थल र ५४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

यसक्षेत्रमा ४५ हजार १५ जना मतदाता रहेका छन् । विसं २०७४ को निर्वाचनभन्दा अहिले यस क्षेत्रमा ७४८ महिला र ७३६ पुरुष गरी कूल एक हजार ४८४ मतदाता थपिएकोउनले बताए । निर्वाचनका लागि भक्तपुर जिल्ला अदालतका न्यायाधीश जगतनारायण प्रधानलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको पनि उनले बताए ।

विसं २०७४ मा भएको निर्वाचनमा निर्वाचित हरिशरण लामिछानेको मष्तिस्कघातबाट निधन भएपछि रिक्त रहेको सो स्थानमा उपनिर्वाचन हुने भएको छ । उपनिर्वाचनको मिति नजिकिँदै गएपछि दलहरूले निर्वाचनको तयारी र छलफललाई तीव्र पारिएको छ ।

आगामी मङ्सिर १४ गते देशभर ३७ जिल्लामा रिक्त पदहरूमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन र स्थानीय तहको प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।

वि.सं.२०७६ कात्तिक ९ शनिवार ०८:४५ मा प्रकाशित

पूर्णरुपमा सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडकखण्ड

पूर्णरुपमा सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडकखण्ड

चितवन । गत शुक्रबार गएको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड...

नाफामुलक बनाउन नेपाल रेल्वे कम्पनीले मालवाहक रेल सञ्चालन गर्ने

नाफामुलक बनाउन नेपाल रेल्वे कम्पनीले मालवाहक रेल सञ्चालन गर्ने

जनकपुरधाम । नेपाल रेल्वे कम्पनीले आफ्नो कम्पनीलाई व्यावसायिक तथा नाफामूलक...

दसैँ अगाडि मेलम्चीको पानी काठमाडौँमा ल्याउन नसकिने

दसैँ अगाडि मेलम्चीको पानी काठमाडौँमा ल्याउन नसकिने

काठमाडौँ । काठमाडौँ उपत्यकामा यस वर्ष असोज अन्तिम सातातिर मात्रै...

एक लाख घुससहित पालिकाका लेखा प्रमुख पक्राउ

एक लाख घुससहित पालिकाका लेखा प्रमुख पक्राउ

दैलेख । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालयले दैलेखको...

पुनःनिर्माणमा स्वदेशी काठलाई प्राथमिकता दिन आग्रह

पुनःनिर्माणमा स्वदेशी काठलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले ‘जेनजी’ प्रदर्शनका क्रममा...

कृषिमन्त्री परियारद्वारा पदभार ग्रहण

कृषिमन्त्री परियारद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले...