back
CTIZAN AD

पुष्पलालको शालीक ढालिएकोमा लोककृष्णको निन्दा

वि.सं.२०८२ भदौ ३० सोमवार

4.2K 

shares

कम्युनिष्ट आन्दोलनका सस्थापक महासचिव पुष्पलालको शालीक ढालिएकोमा लोककृष्ण भट्टराईले निन्दा गरेका छन् ।

पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईले एक बिज्ञप्ति जारी गर्दै निरंकुश राजतन्त्रले देश निकाला गरेका कम्युनिष्ट आन्दोलनका सस्थापक पुष्पलाल, बीपी तथा गणेशमान एवम् नेपालको पहिलो शहीद लखन थापा, २०६२/०६३ का आन्दोलनका शहीद सेतु बिक समेतको शालीक ढालिएकोप्रति निन्दा ब्यक्त गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ ‘हाल नेपाल विषम परिस्थितिबाट गुजिएको छ । हालैको जेन्जी आन्दोलन विशुद्ध थियो । भस्ट्राचार विराधी आन्दोलन थियो । जेन्जीहरुले आफनो आचार संहिता बनाएका थिए । तोडफोड नगर्ने, बिरुवा पनि नभाच्ने, फोहोर नगर्ने, शान्तिपुर्ण भद्र अवज्ञा गर्ने थियो ,जो जायज थियो । त्यसलाई राज्य चलाउनेको अल्पज्ञानले काम गरेन र कलिला बालक नेपालका भविस्यमाथि अन्धाधुन्द गोली प्रहार गरि देशका भविस्यका कर्णधारहरु, कैदी र प्रहरी समेत गरी ७० भन्दा बढिको दुखद निधन हुन पुग्यो । हत्याको जति निन्दा गरे पनि कम हुन्छ । सम्पुर्ण जेन्जी शहीद प्रति पुष्पलाल अध्ययन समाज हार्दिक सम्मान तथा श्रद्धान्जली व्यक्त गर्दछ र सवै शहीदहरुको सपना पुरा गर्न हामी नेपाली लाग्नु पर्दछ ।

निरंकुश राजतन्त्रले देश निकाला गरेका कम्युनिष्ट आन्दोलनका सस्थापक पुष्पलाल जो खान नपाएर आज भन्दा ४७ वर्ष अघि प्रवासमै मृत्यु भयो, उनको पार्थिव शरीर देशमा ल्याउन दिएन उहा र बीपी तथा गणेशमान, नेपालको पहिलो शहीद लखन थापा, २०६२/०६३ का आन्दोलनका शहीद सेतु बिक समेतको शालीक ढालिएकोप्रति हामी निन्दा ब्यक्त गर्दछौ । विभिन्न कार्यालयहरु, प्रतिष्ठानहरु, सचिवालय,अदालत समेतमा आगजनी गरि देशको सम्पति नष्ट गरेकोमा खेद व्यक्त गर्दछौं । त्यस्ता गतिविधिहरु माथि नियन्त्रण गरि दोषिमाथि कारबाही गर्न बर्तमान प्रधानमन्त्रीज्युसंग हामी माग गर्दछौं । साथै देशका सवै राजनीतिक दलहरु र सरोकारवालासंग बार्ता गरि राष्ट्रीय सहमति कायम गर्न समेत बर्तमान प्रधानमन्त्रीज्युसंग हार्दिक अनुरोध गर्दछौं ।’

 

वि.सं.२०८२ भदौ ३० सोमवार १०:०७ मा प्रकाशित

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको...

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर । भरतपुर महानगरपालिकाले सहरको सुरक्षा तथा निगरानी प्रणालीलाई थप...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका...