back
CTIZAN AD

आमाबुवा गुमाएका पाँच बालबालिका समस्यामा

वि.सं.२०८२ भदौ ३० सोमवार

1.3K 

shares

बैतडी । बैतडीको सिगास गाउँपालिका-२ पिडेगोदा गाँजरीकी ३४ वर्षीया बेलमती धामीका पाँच छोरोछोरी बिचल्लीमा परेका छन्। यही भदौ २२ गते राति बेलमतीका भतिजा यज्ञसिंह धामीले बञ्चरो प्रहार गरेर काकीको हत्या गरेको बताइएको छ ।

चार वर्षअघि जण्डिस रोगबाट श्रीमान् गुमाएकी बेलमतीसमेत नरहेपछि पाँच छोराछोरीको बिचल्ली भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले हत्यामा संलग्न यज्ञसिंह पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको बताए ।

आमाबुवा दुवै गुमाएका बालबालिकाको घरमा कोही अभिभावक नरहेको मृतक बेलमतीका भाइ केशव विष्टले बताए। उनले भने,“दिदीको मृत्यु भएपछि बालबालिकाको बिचल्ली भएको छ। घरमा रेखदेख गर्ने मान्छे कोही पनि छैन्। निकै समस्या भएको छ ।”

घरको साहरा ढलेपछि अहिले बालबालिकालाई सम्हालिन निकै समस्या भएको स्थानीय सूर्यबहादुर बोहराले बताए। उनले भने,“पीडित बालबालिकाका लागि सहयोग अभियान सञ्चालन गरिएको छ । अभियान मार्फत सङ्कलित रकम बालबालिकालाई प्रदान गरिनेछ ।”

बेलमतीकी जेठी छोरी कक्षा ९ मा पढ्छिन्। अब बाँकी तीन बहिनी र एक भाइको पालनपोषण गर्ने जिम्मा उनकै काँधमा आएको छ। बेलमतीको परिवारमा निकै समस्या रहेको सिगास –२ वडाध्यक्ष ठगेन्द्रसिंह ऐरले बताए ।

वि.सं.२०८२ भदौ ३० सोमवार १०:३६ मा प्रकाशित

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...