back
CTIZAN AD

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

वि.सं.२०८३ जेठ २२ शुक्रवार

1.3K 

shares

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता राजेश हमाल ले व्यक्त गरेको धारणा यतिबेला व्यापक बहसको विषय बनेको छ। उनले नेपालको सीमा सम्बन्धी बहसमा “सीमापार अतिक्रमण” र “राज्य–प्रायोजित भू–अतिक्रमण” बीचको भिन्नतालाई स्पष्ट रूपमा बुझ्नुपर्ने बताएका छन्।

हमालले खुला सीमाका कारण हुने स्थानीय स्तरका अतिक्रमण, सीमा स्तम्भ हराउने, नदीको धार परिवर्तन हुने तथा बस्ती विस्तारजस्ता गतिविधिलाई सीमापार अतिक्रमणको रूपमा व्याख्या गरेका छन्। उनका अनुसार यस्ता समस्या स्थानीय र प्रशासनिक प्रकृतिका हुने भएकाले संवाद, संयुक्त सर्वेक्षण तथा आपसी सहकार्यबाट समाधान गर्न सकिन्छ।

तर कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको सन्दर्भ उल्लेख गर्दै उनले राज्य–प्रायोजित भू–अतिक्रमण भने फरक विषय भएको बताएका छन्। यस्तो अवस्थामा कुनै राष्ट्रले विवादित भूभागमा सडक निर्माण, प्रशासनिक संरचना विस्तार, सुरक्षा निकाय परिचालन तथा सरकारी नक्सामार्फत आफ्नो नियन्त्रण स्थापित गर्ने प्रयास गर्ने उनको भनाइ छ।

हमालले वर्तमान विश्व राजनीतिक परिवेशको चर्चा गर्दै कुनै पनि राष्ट्रको नेतृत्वमा परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टिको आवश्यकता झन् बढेको उल्लेख गरेका छन्। उनले नेतृत्वमा यी गुणहरूको अभाव हुँदा राष्ट्रले गम्भीर कूटनीतिक तथा रणनीतिक चुनौतीहरू सामना गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने धारणा व्यक्त गरेका छन्।

उनको अभिव्यक्तिपछि सामाजिक सञ्जाल तथा सार्वजनिक वृत्तमा नेपालको सीमा, राष्ट्रिय स्वाधीनता र नेतृत्वको भूमिकाबारे नयाँ बहस सुरु भएको छ। विभिन्न क्षेत्रका व्यक्तिहरूले सीमा विवादजस्ता संवेदनशील विषयमा तथ्य, इतिहास र अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यासका आधारमा छलफल हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

वि.सं.२०८३ जेठ २२ शुक्रवार १६:१८ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...