back
CTIZAN AD

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

वि.सं.२०८३ जेठ १० आइतवार

276 

shares

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक तालिम टीकापुरमा सुरु भएको छ ।

टीकापुर नगरपालिकाको सहयोगमा सामुदायिक पशु–चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समितिले नौदिने तालिम आयोजना गरेको हो । तालिममा ५० जना स्थानीय महिला सहभागी छन् ।

तालिम शुभारम्भ गर्दै प्रतिनिधिसभा सदस्य कोमल ज्ञवालीले गोबरको प्रयोग गरी आर्थिक आत्मनिर्भर हुनाका साथै महिलालाई घरमै बसेर आयआर्जन गर्ने माध्यम बन्ने भएकाले तालिम उपयोगी हुने बताइन् । गाई संरक्षण गरी आयर्जनका कार्य पनि गर्न थालेकामा गौशाला व्यवस्थापन समितिलाई धन्यवाद दिइन् ।

सांसद ज्ञवालीले बस्तुभाउका समेत संरक्षण हुने र महिलालाई आयआर्जनसँग जोड्न मद्दत पुग्ने भएकाले सीप राम्ररी सिक्न सुझाव दिइन् ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले भने, “गौशालाको विकासका लागि आगामी आर्थिक वर्षमा प्रदेश सरकारबाट बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । गौ संरक्षण र महिलालाई स्वरोजगार बनाउने प्रयासमा मेरो साथ रहनेछ ।”

कार्यक्रमका प्रशिक्षक एकता मेहताले स्थानीय स्तरमै पाइने गोबरको प्रयोगले विभिन्न सामग्री निर्माण गरी पुरातन संस्कृतिको संरक्षणका साथै महिला सशक्तिकरणमा ठूलो योगदान दिन सकिने बताइन् ।

टीकापुर नगरपालिकाका लेखाअधिकृत लक्ष्मी ओडले पालिकाको नीति कार्यक्रममा वातावरण संरक्षण, सांस्कृतिक संरक्षण, सामाजिक विकास जस्ता कुरा समेटिएकाले स्थानीय सरकारले स्थानीय स्रोतको प्रयोग गरी वातावरण संरक्षणमा समेत सहयोग पुग्ने भएकाले यो तालिम उपयोगी ठानेर सहयोग गरेको बताइन् ।

गौशाला व्यवस्थापन समितिका अध्यक्ष उत्तमकुमार शाहले उत्पादन उत्पादन र बजारीकरणका लागि सजावट राम्रो दिन सकियोस् भनी विशिष्टकृत खालको तालिम आयोजना गरिएको बताए ।

वि.सं.२०८३ जेठ १० आइतवार १२:५२ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...