back
CTIZAN AD

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

वि.सं.२०८३ जेठ २२ शुक्रवार

228 

shares

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता बढेको गर्मी छल्न धमाधम विद्यालय बन्द गर्दैछन् । पछिल्लोपटक गौशाला नगर कार्यपालिकाको कार्यालयले आजदेखि आउने सोमबारसम्म नगर क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । यसअघि बर्दिबास नगर कार्यपालिकाको कार्यालयले बिहीबारदेखि नै विद्यालय पूर्ण रूपमा बन्द गरिसकेको छ ।

घामको प्रचण्ड रापसँगै बहने तातो हावाले बालबालिकाको स्वास्थ्य चासोलाई ख्याल गरिएर नगर क्षेत्रका सामुदायिक, संस्थागत र धार्मिक विद्यालय बन्द गर्ने निर्णय भएको गौशाला नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर अधिकारीले सूचना जारी गर्दै जनाउनुभएको हो । विद्यालय बन्दको निर्णय गर्ने गौशाला र बर्दिबास दुवै जिल्लाका सुदूर उत्तरवर्ती स्थानीय तह हुन् ।

जिल्लामा मध्य र दक्षिणी क्षेत्रभन्दा उत्तरी क्षेत्रमा घामको राप र गर्मीको असर बढी छ । मध्य र दक्षिणी क्षेत्रको चिम्टयाइलो र लिसाइलो माटो हुँदा कम तात्ने हुन्छ । तर उत्तरी क्षेत्रको धेरैजसो भेगमा बलौटे माटो भएको हुँदा चाँडै तात्ने र तातो वाफ फैलँदा यता राप र गर्मीको असर बढेको जलवायु र मौसमविज्ञ बर्दिबास–१ का बासिन्दा नागदेव यादव बताउँछन् ।

जिल्लाका मध्य र दक्षिणी क्षेत्रमा पनि अब शनिबार र पर्सि आइतबारको मौसम अवस्था हेरेर यसबारे निर्णय लिने तयारीमा स्थानीय तह छन् । “शनिबार र आइतबार त नियमित साप्ताहिक बिदा नै छ, यसपछि सोमबारसम्म मौसममा सुधार नआए के गर्ने भन्ने सोचिन्छ”, एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डलले भन्नुभयो । जिल्लामा १० नगरपालिका, पाँच गाउँपालिकासहित १५ स्थानीय तह छन् ।

यसपटक गत शनिबारयता तापक्रम निकै बढेको छ । त्यसयता दिनहुँजसो एकटङ्कारको घामको राप बढ्दो छ । मध्याह्नदेखि अपराह्न ४ः०० बजेसम्म ३८/३९ डिग्री सेल्सियस तापमान रहने गरेको छ ।

यो पछिल्लो साताको उखरमाउलो गर्मीले हाटबजार र कार्यालयहरूमा पनि चहलपहल निकै घटेको छ । सामान्य हिँडडुल पनि सकस बनेको छ । यसले विद्यालय पढ्न जाने स–साना नानी, वृद्धवृद्धा, गर्भवती, सुत्केरी र कडा शारीरिक श्रम गर्ने मजदुर बढी समस्यामा परेका छन् ।

वि.सं.२०८३ जेठ २२ शुक्रवार १७:२९ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...