back
CTIZAN AD

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

वि.सं.२०८३ जेठ २२ शुक्रवार

906 

shares

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा र अर्जुनचौपारी गाउँपालिकाको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।

वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सडक क्षेत्रलाई हराभरा बनाउने उद्देश्यले आयोजित कार्यक्रममा सडक किनारमा बहुपयोगी जातका बिरुवा रोपिएका छन्।

अर्जुनचौपारी गाउँपालिका १ को गडेउली खोला देखि खोत्तर हुँदै स्याङ्जा जाने सडक खण्डको किनारामा वृक्षारोपण गरिएको हो। वातावरणीय सन्तुलन कायम राख्न तथा हरित वातावरण निर्माणमा टेवा पुर्‍याउने उद्देश्यले विभिन्न प्रजातिका बहुपयोगी बिरुवा रोपिएको आयोजकले जनाएको छ।

कार्यक्रममा गाउँपालिकाकी शिक्षा शाखा प्रमुख कमला चापागाईं, वडा नं. १ का वडा अध्यक्ष रणबहादुर थापा, पालिकाका कर्मचारी, डिभिजन वन कार्यालयका कर्मचारी, विभिन्न विद्यालयका विद्यार्थी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष रणबहादुर थापाले वातावरण संरक्षण कुनै एक दिनको अभियान मात्र नभई निरन्तर जिम्मेवारी भएको बताए। उनले वृक्षारोपणसँगै रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे।

प्रकृति संरक्षण र हरियाली विस्तारका यस्ता अभियानले भावी पुस्तालाई स्वच्छ र स्वस्थ वातावरण हस्तान्तरण गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

बिरुवाको संरक्षणमा वडा अध्यक्ष स्वयं सक्रिय

वृक्षारोपण कार्यक्रम सम्पन्न भएको शुक्रबार साँझ देखिएको एउटा दृश्य भने धेरैका लागि प्रेरणादायी बनेको छ। वडा अध्यक्ष थापा स्वयं सडक किनारमा रोपिएका बिरुवामा एक्लै पानी हाल्दै गरेको दृश्यले स्थानीयवासीको ध्यान खिचेको थियो।

वृक्षारोपण कार्यक्रम आयोजना गरेर मात्र आफ्नो जिम्मेवारी पूरा भएको ठान्ने प्रवृत्तिभन्दा फरक रूपमा वडा अध्यक्षले बिरुवाको संरक्षण र हुर्काइप्रति देखाएको सक्रियता प्रशंसनीय रहेको स्थानीयले बताए ।

रोपिएका बिरुवाको संरक्षणप्रति उनको समर्पणभाव, कर्तव्यनिष्ठा र उत्तरदायित्वबोध उक्त कार्यबाट स्पष्ट झल्किएको थियो। वृक्षारोपण केवल बिरुवा रोप्ने कार्यक्रम मात्र नभई त्यसलाई हुर्काएर हरियालीमा परिणत गर्ने अभियान हो भन्ने सन्देश उनले व्यवहारमै प्रस्तुत गरेको सहभागीहरूको भनाइ छ।

कार्यक्रममा सहभागी विद्यार्थी तथा स्थानीयवासीले समेत वातावरण संरक्षणका यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। विश्व वातावरण दिवसको अवसरमा सञ्चालन गरिएको उक्त कार्यक्रमले अर्जुनचौपारी क्षेत्रमा हरियाली विस्तारसँगै वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

 

 

वि.सं.२०८३ जेठ २२ शुक्रवार २२:०९ मा प्रकाशित

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...