युएईमा हुने नवौ नेफ्टा अवार्डको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी डिसेम्बर २३ मा युएईमा हुने नेफ्टा अवार्डको लागि व्यवस्थापनको जिम्मा लिएको कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्सले युएईमा पत्रकार सम्मेलन गरि कार्यक्रमको बारे जानकारी गराएको हो ।
३१ विधामा आधारीत भई वितरण गरिने नेफ्टा अवार्डको लागि २०७२ सालमा बनेका चलचित्र र नेपाल चलचित्र प्राविधिक संघको आह्वान बमोजिम दर्ता भएका त्रिचालिस चलचित्रहरु बीच प्रतिस्पर्धा हुने छन ।
अवार्डका लागि नेपाल बाट चलचित्रकर्मी कलाकार, प्राविधिक लगायत एक सय बीस जनाको टोलि युएई आउने छन ।
जसमध्ये महानायक राजेश हमाल, चर्चित हास्यकलाकार दिपकराज गिरी दिपाश्री निरौला, सिताराम कटटेल धुर्मुस, कुञ्जना घिमिरे सुन्तती, नायक दयाहांग राई, नायिका प्रियंका कार्की सहित अन्य कलाकार युएई आउदैछन् ।
कार्यक्रमको लागि लगभग तीन हजार जना बस्न मिल्ने क्षमता भएको हलको व्यवस्था गरेको कन्सेप्ट भिजनका प्रबन्ध निर्देशक राजन अधिकारीले नागरीकलाई बताए । कार्यक्रम हेर्न आउनेहरुको लागि युएई दिराम ५० देखी ५०० सम्मको टिकट उपल्बध छ अधिकारीले नागरीक संग भने आगामी मंगलबाट टिकट बिक्री वितरण सुरु हुनेछ ।
कार्यक्रमलाई सफल पार्नको लागि युएईमा रहेका विभिन्न संघ संस्थाहरुले साथ सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।
अहिले सम्म कतार, मलेसिया र हङकङमा हुदै आईरहेको नेफ्टा अवार्डको नवौ संस्करण युएईमा हुन लागेको हो ।
वि.सं.२०७३ मंसिर १७ शुक्रवार १४:५७ मा प्रकाशित























