back
CTIZAN AD

चार क्याम्पसलाई संस्थागत गुणस्तर प्रमाणपत्र प्रदान

वि.सं.२०७६ पुस ४ शुक्रवार

1.1K 

shares

४ पुष, काठमाण्डौं । विश्वविद्यालय अनुदान आयोगले काठमाडौंको कुलेश्वरस्थित जनमैत्री बहुमुखी क्याम्पस सहित चारवटा क्याम्पसलाई संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्ययन (क्यूएए) प्रमाणपत्र उपलब्ध गराउने भएको छ ।

विश्वविद्यालय अनुदान आयोगका अनुसार ललितपुर चापागाँउस्थित जनभावना क्याम्पस, बनेपाको काभ्रे बहुमुखी क्याम्पस र महेन्द्रनगरको कञ्चन विद्या मन्दिर सामुदायिक क्याम्पसले क्यूएए पाएका छन् ।

आयोगले उनीहरूलाई आगामी ७ पुसमा आयोगमै एक समारोह गरी क्यूएए प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको छ ।

अनुदान आयोगको क्यूएए विभागका अनुसार हालसम्म देशभरिका सरकारी, सामुदायिक तथा निजीस्तरका ३६ शैक्षिक संस्थाले क्यूएए प्रमाणपत्र पाइसकेका छन् ।

नेपालमा हाल सामुदायिक र प्राइभेट गरी १ हजार १ सय ६६, आंगिक ६० गरी कुल १ हजार २ सय २६ वटा क्याम्पस छन् ।

आयोगमा त्रिविबाट सम्बन्धन प्राप्त ४ सय ५० वटा क्याम्पस दर्ता भएका छन् । अहिले नौवटा विश्वविद्यालय छन् । नेपालमा २०३९ सालबाटै सामुदायिक क्याम्पसहरू सञ्चालन गर्न थालिएको हो ।

वि.सं.२०७६ पुस ४ शुक्रवार ११:२७ मा प्रकाशित

बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने

बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने

बागमती । बागमती प्रदेश सरकारले तीनदिन विभिन्न कार्यक्रम गरी ‘गणतन्त्र...

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला...

हुरीले घर भत्किँदा महिलाको मृत्यु

हुरीले घर भत्किँदा महिलाको मृत्यु

चन्द्रपुर (रौतहट) । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले...

बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

चितवन । नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको...

प्रधानमन्त्री शाहले इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्दै

प्रधानमन्त्री शाहले इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले यहाँस्थित युरोपेली सङ्घ (इयू)मा आबद्ध...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...