back
CTIZAN AD

दुई श्रीमती विदेश, श्रीमान् घर कुरुवा !

वि.सं.२०७६ पुस ४ शुक्रवार

966 

shares

४ पुस, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ सेलाङका ३६ वर्षीय भीमबहादुर लोप्चनको १७ वर्षको कलिलै उमेरमा छिमेकी राममायासँग बिहे भयो ।शुरुका केही दिन त हाँसखेलमै बिते । वर्ष बित्दै गयो तर बच्चा बसेन । उनीहरुमा एक खालको तनाव पैदाभयो । उनीहरुका धेरै प्रयास असफल भए । यसैगरी झण्डै १० वर्ष बिताए ।

एकदिन राममायाले कठोर निर्णय लिएर अर्को बिहे गर्न भीमबहादुरलाई सुल्झाइन् । उनले पनि सहजै स्वीकारे । अन्ततः राममायाले आफ्नै श्रीमान्को बिहे बहिनी मोतिमायासँग गराइन् । बिहे गराउनुको एउटै कारण थियो बच्चा जन्माउनु । बच्चा भयो भने त्यो परिवारमा छुट्टै खुशी आउँथ्यो ।

तीन वर्ष अघि एउटा छुट्टै संयोग बन्यो । दुवैको केही महिनाको अन्तरालमै गर्भ बसेपछि भीमबहादुर तीनछक परे । तीन वर्ष अघि राममाया र मोतीमायाले आठ महिनाको अन्तरालमा एक÷एक छोरा जन्माए । “बच्चा हुँदैन भनेर बूढीले बहिनीसँग बिहे गराइदिइन्, आखिर आठ महिनाको फरकमा बच्चा पायो ।” मन्द मुस्कानसहित भीमबहादुर त्यो क्षण सम्झिए । छोरा सुदीप र प्रवीन अहिले नजिकैको स्कूलमा कक्षा एकमा पढ्छन् ।

छोराहरु श्रीमान्लाई छाडेर दुवै श्रीमती वैदेशिक रोजगारीका लागि अहिले कुवेतमा छन् । निःशुल्क भिसामा उनीहरु दुई वर्ष अघि विदेश गएका हुन् । दुवैजना घरको काम गर्छन् । यता भीमबहादुर दुई छोराको रेखदेख गरी घर कुरुवा बनेका छन् । आफू पनि विदेश जाने चाहना थियो तर भूकम्पले घर भत्काएकाले निर्माणको चरणमा भएर नगएको उनले सुनाए ।

भीमबहादुरका श्रीमतीद्वयले मासिक रु १५ देखि २० हजार पठाउने गर्छन् । उनले सबै पैसा बैंकमा राखेका छन् । “त्यसैबाट उनले रु तीन लाख बैंकमा जोडेको छ, यसपालि आउँदैछन्, त्यो पैसाले चौतारामा जग्गा किन्ने भनेका छन्”, उनले भने । भीमबहादुरको मात्रै होइन, यहाँका धेरै महिला वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । श्रीमान् घर कुरेर बस्छन् । उनका साखै भाइ पेम्बाको पनि मेखामाई र रीतामाई गरी दुई श्रीमती छन् । उनीहरु पनि दिदीबहिनी हुन् । जेठी अहिले विदेशमै छिन् । जेठीकी दुई छोरा भए । कान्छीपट्टिबाट जन्मेको छैन ।

दश वर्ष अघि ओमन, त्यसपछि झण्डै दुई वर्ष साउदी अरबमा बिताएर वैदेशिक रोजगारीको अनुभव लिएका उनी आजकल काम हुँदा गाउँको ढुङ्गाखानीमा जान्छन् । काम नहुँदा घर कुरुवा भएर बस्छन् । बेलाबेलामा उनमा भूकम्पको पीडा छचल्किने गरेको तीतो अनुभव सुनाए । उनका लागि कहिल्यै निको नहुने घाउ बनेर आयो विसं २०७२ वैशाख १२ को भूकम्प । भूकम्पमा परेर तीन वर्षका छोरा मायस गुमाए ।

त्यो दिन मेखामाई छोरालाई झोलुङ्गोमा हालेर सुताउने तरखरमा थिइन् । एकैचोटी गुटुङ्टुङ भएर हल्लायो । एकैछिनमा घर गर्लामगुर्लुभ ढल्लो । मायस पुरिए । आमा मेखामाईको पनि टाउकोबाहेक सबै पुरियो । गाउँलेले निकै समय लगाएर आमालाई त निकाले । छोरा फेला परेनन् । तीन दिनपछि छोराको लास भेटियो ।

गाउँका धेरै महिला विदेश
भीमबहादुरकी दुई श्रीमती, पेम्बाकी एक श्रीमती मात्रै होइन, कान्छा भाइ निक्मा लोप्चनको श्रीमती सविना पनि कमाइका लागि विदेशमै छिन् । छिमेकी मिलन तामाङकी श्रीमती सलमायाँ पनि कुुवेत गएको निक्कै समय भयो । छिमेकी एक जनाको यसैगरी विदेश जाँदाजाँदै आपसी विवाद हुँदा दुवै श्रीमतीले छाडेको उनीहरुले बताए ।

सानुकान्छी तामाङकी छोरी सुनमायाँ पनि वैदेशिक रोजगारीका लागि दुबई गएकी छिन् । सेलाङ गाउँमा रहेका १९ भूकम्प प्रभावित परिवारका छ जना महिला वैदेशिक रोजगारीमा छन् । उनीहरुका श्रीमान् घर रुँगेर बस्छन् । गाउँलेका अनुसार पुरुषहरु गाउँमा भए पनि जुगल गाउँपालिकाका धेरै महिला विदेशिएका छन् ।

कानूनमा के छ
विगतको मुलुकी ऐनमा श्रीमान् वा श्रीमतीबाट बच्चा नभएको प्रमाणित भएमा, नपुङ्सक भएमा, तीन वर्षसम्म एक अर्कालाई छाडेमा, पारपाचुके भएमा अर्को बिहे गर्न पाइने उल्लेख थियो ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरमा भने बहुविवाह बदर हुने र बहुविवाह गर्नेलाई कैद सजायको कानूनी व्यवस्था छ । उक्त कसुरअन्तर्गत दफा १७५ मा विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने र कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्न नहुने उल्लेख छ ।

यसरी विवाह गर्ने वा गराउनेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र रु १० हजारदेखि ५० हजारसम्म जरिवाना हुने र बिहे स्वतः बदर हुने उल्लेख छ । उक्त कसुरको दफा १७३ मा २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने र गरेमा तीन वर्षसम्म कैद र रु तीन हजार जरिवाना तथा विवाह बदर हुने उल्लेख छ । हद म्याद भने तीन महिनाको छ ।

कानूनमा कारवाहीको व्यवस्था भए पनि ग्रामीण भेगमा भने कानूनबारे जानकार नहुँदा बच्चामै बिहे हुने र बहुविवाह हुने क्रम भने रोकिएको छैन ।

वि.सं.२०७६ पुस ४ शुक्रवार ११:३८ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको इजाजतपत्रका लागि...