back
CTIZAN AD

निजी क्षेत्रसँगको साझेदारीबिना समृद्धिको यात्रा पूरा हुँदैन-उपाध्यक्ष ढकाल

वि.सं.२०७६ पुस ४ शुक्रवार

933 

shares

४ पुष, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँगको साझेदारीबिना देशमा समृद्धिको यात्रा पूरा नहुने बताएका छन् ।

पोखराको लेखनाथमा आयोजित लेखनाथ महोत्सवलाई बिहीबार सम्बोधन गर्दै उपाध्यक्ष ढकालले भने- नेपालका तीनओटै तहका सरकारहरुले निजी क्षेत्रसँगको सही अर्थमा र व्यावहारिक रुपमा साझेदारी नगर्दासम्म समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल हुन गाह्रो पर्छ ।
नेपालको आर्थिक विकास तथा समृद्धिको यात्रामा निजी क्षेत्रको आवश्यकता र महत्वमाथि प्रकाशपार्दै ढकालले देश विकासको तीन खम्बे अर्थनीतिमा निजी क्षेत्र एक दरिलो खम्बा रहेको र यससँगको सहकार्य र साझेदारीबाट मात्र देश समृद्ध बन्न सक्ने बताए ।

उनले नेपाल नयाँ राजनीतिक संरचनामा प्रवेश गरेसँगै संघीय, प्रदेश र स्थानीय सरकारहरुले आ–आफ्ना क्षेत्रमा लगानी भित्र्याउन प्रतिश्पर्धा गरेका छन् भन्दै यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।

उपाध्यक्ष ढकालले तर पनि नयाँ संरचनासँगै निजी क्षेत्रसँग कामगर्ने सरकारी संयन्त्रको मानसिकता भने पुरानो भएकोले राजीतिक संरचनामा परिवर्तनसँगै काम गर्ने पुरानो ‘माइन्ड सेट’ मा पनि परिवर्तन ल्याउनुपर्नेमा उनले जोड दिए ।

उनको भनाई थियो– यस समयमा राजनीतिक नेतृत्वमा विकास निर्माणको इच्छाशक्ति देखिन्छ तर पनि कामगर्ने पुरानो मानसिकताको राज्य संयन्त्रका कारण निजी क्षेत्रका उद्यमीहरुलाई भने सोँचेबमोजिम उत्साहित बनाउन सकिरहेको छैन, त्यसैले यो मानसिकतामा परिवर्तन ल्याउनु जरुरी छ ।

उनले यस्ता मेला महोत्सवहरुमा स्थानीय उत्पादन र सीपलाई प्राथमिकता दिने र स्थानीय स्तरमा रहेका प्रतिभाहरुलाई प्रस्फुटन हुने अवसर दिनुपर्ने सुझाव पनि दिए ।

उपाध्यक्ष ढकालले आर्थिक क्षेत्र, व्यावसाय, श्रम, कर आदिका विषयमा नियम कानूनहरु निर्माण गर्दा सरोकारवाला निजी क्षेत्रसँगको सल्लाह र परामर्शबाट ल्याउन सकिएमा यसको सही र सफल कार्यान्वयनका लागि सहयोग पुग्ने र अन्ततः यसबाट राज्य र नेपाली नागरिक नै लाभान्वित हुने धारणा पनि राखे ।

वि.सं.२०७६ पुस ४ शुक्रवार ११:३९ मा प्रकाशित

मुस्ताङका उच्चलेकमा यार्सागुम्बा सङ्कलन

मुस्ताङका उच्चलेकमा यार्सागुम्बा सङ्कलन

 मुस्ताङ । जिल्लाका पाँचमध्ये चार स्थानीय तहका उच्चलेंकमा औषधीय गुण...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने

बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने

बागमती । बागमती प्रदेश सरकारले तीनदिन विभिन्न कार्यक्रम गरी ‘गणतन्त्र...

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला...

हुरीले घर भत्किँदा महिलाको मृत्यु

हुरीले घर भत्किँदा महिलाको मृत्यु

चन्द्रपुर (रौतहट) । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले...

बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

चितवन । नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको...