back
CTIZAN AD

ग्लोबल आइएमई बैंकद्वारा माझीका परिवारलाई चेक हस्तान्तरण

वि.सं.२०७६ पुस ४ शुक्रवार

972 

shares

४ पुष, काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेड विराटनगर शाखाले अन्जली कुमारी माझिको परिवारलाई चेक हस्तान्तरण गरेको छ ।

शाखाले नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आएकी विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टी स्पेस्यालिटी हस्पिटलमा कार्यरत स्वर्गीय अन्जली कुमारी माझीको सडक दुर्घटनामा परी मृत्यु भएपछि विमितले पाउने रकम रु ५ लाख रुपैयाँ उनका परिवारलाई हस्तान्तरण गरेको जनाएको छ ।

१ नं. प्रदेशका सहायक प्रदेश प्रमुख सुजन श्रेष्ठ र न्यूरो कार्डियो एण्ड मल्टी स्पेस्यालिटी हस्पिटलका अध्यक्ष डा. विरेन्द्र कुमार बिष्टले सयुक्त रुपमा स्वर्गीय माझीको परिवारलाई विमान्कित रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले २६६ वटा शाखा, ३४ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५९ एटिएम तथा २४६ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि\सम्पर्क कार्यालय मार्फत् आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

वि.सं.२०७६ पुस ४ शुक्रवार ११:४९ मा प्रकाशित

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...