back
CTIZAN AD

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

वि.सं.२०८३ वैशाख १५ मंगलवार

489 

shares

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत Hospital and Rehabilitation Center for Disabled Children (HRDC) लाई आर्थिक सहयोग प्रदान गरेको छ।

बैंकले बागमती प्रदेशअन्तर्गत बनेपा–११, काभ्रेपलाञ्चोकस्थित HRDC लाई ६ लाख ५० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो। उक्त सहयोग शारीरिक रूपमा अशक्त तथा विशेष आवश्यकता भएका बालबालिकाको उपचार, पुनर्स्थापना, फिजियोथेरापी सेवा र आवश्यक सहायक सामग्री व्यवस्थापनमा उपयोग गरिने जनाइएको छ।

एक कार्यक्रमका बीच प्रभु बैंकका प्रतिनिधिले HRDC का प्रमुख प्रशासकीय अधिकृतलाई चेक हस्तान्तरण गरेका थिए। बैंकका अनुसार यस्तो सहयोगले स्वास्थ्य सेवाबाट वञ्चित बालबालिकालाई थप सहज पहुँच दिलाउने विश्वास लिइएको छ।

प्रभु बैंक लिमिटेड ले देशभर फैलिएको शाखा सञ्जालमार्फत बैंकिङ सेवा दिँदै आएको छ र सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा यस्ता सहयोग कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।

वि.सं.२०८३ वैशाख १५ मंगलवार ११:१३ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...