back
CTIZAN AD

अटोमोवाइल क्षेत्रमा नयाँ नियम चुनौतीपूर्ण, नाडा र भन्सार विभागबीच छलफल

वि.सं.२०८३ वैशाख १५ मंगलवार

507 

shares

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल का प्रतिनिधिहरूले अटोमोवाइल वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (MRP) सूचिसहितको स्टिकर अनिवार्य गर्ने व्यवस्थाबारे भन्सार विभागसँग विस्तृत छलफल गरेका छन्।

मिति २०८३ वैशाख १४ गते भएको उक्त भेटमा नाडा प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी सँग छलफल गर्दै कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक समस्याहरू औंल्याएका थिए।

छलफलका क्रममा नाडाले चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारी साधनहरूमा मूल्य स्टिकर टाँस्ने विषयमा खासै समस्या नभए पनि अटोमोवाइल स्पेयर पार्ट्सको हकमा जटिलता रहेको जनाएको छ। एउटै बाकसभित्र सयौँ संख्यामा विभिन्न प्रकारका पार्ट्स आउने भएकाले प्रत्येकमा अलग–अलग स्टिकर टाँस्नु व्यवहारिक रूपमा कठिन हुने नाडाको भनाइ छ।

यसका साथै, भन्सारमा वन्डेड वेयरहाउसको पर्याप्त व्यवस्था नभएको अवस्थामा भन्सार यार्डभित्रै स्टिकर टाँस्नुपर्ने प्रावधान पनि व्यवहारिक नभएको नाडाले जनाएको छ। यस्तो व्यवस्थाले आयात प्रक्रिया ढिलो हुने र व्यवसायीहरूलाई थप झन्झट पर्ने चिन्ता व्यक्त गरिएको छ।

प्रतिक्रियामा महानिर्देशक श्यामप्रसाद भण्डारी ले सबै प्रकारका अटोमोवाइल वस्तुहरूमा MRP स्टिकर अनिवार्य गर्ने व्यवस्था कार्यान्वयनमा चुनौती रहेको स्वीकार गर्दै विभागले व्यापार सहजीकरण र राजस्व वृद्धिलाई सँगसँगै अघि बढाउने प्रयास गरिरहेको बताएका छन्।

छलफलका क्रममा नाडाका महासचिव मिलनबाबु मल्ल ले हालै वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको सूचनाबारे जिज्ञासा राखेका थिए। सो सूचनामा भन्सार यार्डमा रहेका सवारी साधनहरू तोकिएको समयसीमाभित्र जाँचपास गरी लैजान निर्देशन दिइएको छ।

यस सम्बन्धमा महानिर्देशक भण्डारीले उक्त सूचना विद्यमान कानुनअनुसार जारी गरिएको स्पष्ट पार्दै सम्बन्धित आयातकर्ताहरूलाई समयमै जाँचपास प्रक्रिया पूरा गर्न आग्रह गरेका छन्।

उक्त छलफल मुख्यतः वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले चैत ३० गते जारी गरेको व्यवस्थामा केन्द्रित रहेको थियो, जसअनुसार विदेशबाट आयात गरिएका वस्तुहरूमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य उल्लेख गर्नुपर्ने तथा बिक्री गर्दा बिल जारी गर्नुपर्ने प्रावधान राखिएको छ।

भेटघाटमा नाडाका पदाधिकारीहरू सहित विभिन्न प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:५९ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...