back
CTIZAN AD

सानिमा बैंकको नयाँ योजना: ०% ब्याजमा १२ महिनासम्म किस्ताबन्दी सुविधा

वि.सं.२०८३ वैशाख १५ मंगलवार

417 

shares

काठमाडौं । सानिमा बैंक ले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि नयाँ र आकर्षक सुविधा सार्वजनिक गरेको छ। बैंकले फिनतारा सोलुसन्स प्रा.लि. सँग सहकार्य गर्दै ०% ब्याजमा किस्ताबन्दी (EMI) सेवा सुरु गरेको हो, जसले ग्राहकलाई महँगो सामान खरिद गर्न अझ सहज बनाउने अपेक्षा गरिएको छ।

यस सहकार्यअन्तर्गत, सानिमा बैंकका ग्राहकहरूले फिनतारासँग आबद्ध विभिन्न मर्चेन्ट स्टोरहरूमा क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्दा अधिकतम १२ महिनासम्म बिना ब्याज किस्ताबन्दी सुविधा लिन सक्नेछन्। यो सुविधा विशेषगरी इलेक्ट्रोनिक्स, मोबाइल, ल्यापटप, फर्निचर, माउन्टेन बाइक तथा विभिन्न घरेलु उपकरण खरिदमा लागू हुनेछ।

बैंकका अनुसार, यस पहलले उच्च मूल्यका सामग्रीलाई सर्वसुलभ बनाउँदै ग्राहकलाई एकैपटक ठूलो रकम तिर्नुपर्ने दबाबबाट मुक्त गर्नेछ। साथै, डिजिटल भुक्तानी प्रणालीलाई थप प्रवर्द्धन गर्ने लक्ष्य पनि राखिएको छ।

सानिमा बैंकले पछिल्लो समय आफ्ना ग्राहकहरूलाई आकर्षित गर्न विभिन्न छुट, अफर तथा डिजिटल सेवाहरू विस्तार गर्दै आएको छ। बैंकको दाबी अनुसार, यस्ता योजनाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै आधुनिक बैंकिङ्ग अनुभव प्रदान गर्नेछ।

हाल सानिमा बैंक ले देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय१२७ एटीएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:५० मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...