back
CTIZAN AD

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

वि.सं.२०८३ वैशाख १६ बुधवार

555 

shares

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (PAN) र ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ। बैंकका अनुसार ब्याजबाट काटिएको कर विवरणलाई आयकर ऐन २०५८ बमोजिम आन्तरिक राजश्व प्रणालीमा समावेश गर्न प्यान अनिवार्य रहेको छ।

बैंकले जारी गरेको सूचनामा ग्राहकहरूले आफ्नो प्यान अद्यावधिक नगरेमा E-TDS प्रणालीमा कर विवरण प्रविष्ट नहुन सक्ने र पछि कर समायोजनमा समस्या आउन सक्ने उल्लेख गरिएको छ। यस्तो अवस्थामा उत्पन्न हुने समस्याका लागि बैंक जिम्मेवार नहुने पनि स्पष्ट पारिएको छ।

ग्राहकहरूले बैंकको आधिकारिक पोर्टल तथा मोबाइल बैंकिङ एप “NIC ASIA MoBank” मार्फत ‘PAN Update’ विकल्प प्रयोग गरी प्यान अद्यावधिक गर्न सक्नेछन्। साथै, नजिकको शाखा कार्यालयमा गई आवेदन दिन सकिने व्यवस्था पनि गरिएको छ।

त्यस्तै, बैंकले आफ्ना ग्राहकहरूलाई खातामा ईमेल ठेगाना समेत अद्यावधिक गर्न आग्रह गरेको छ। ईमेल अद्यावधिक गर्न मोबाइल एपको “My Profile” मा रहेको “Change Email” विकल्प प्रयोग गर्न सकिने वा शाखा कार्यालयमार्फत पनि सेवा लिन सकिने जनाइएको छ।

बैंकले सेवा सम्बन्धी थप जानकारी वा समस्या समाधानका लागि ग्राहक सम्पर्क केन्द्रमा फोन गर्न अनुरोध गरेको छ।

वि.सं.२०८३ वैशाख १६ बुधवार १३:०३ मा प्रकाशित

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...