back
CTIZAN AD

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

वि.सं.२०८३ वैशाख १६ बुधवार

1.3K 

shares

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने भएको छ। साेनी फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण भएको उक्त चलचित्रको ट्रेलर माघ १७ गते दिउँसो १ बजे  सार्वजनिक गरिने निर्माता तथा निर्देशक प्रेम साेनी सुनारले जानकारी दिए ।

कार्यक्रम रन्जना कम्प्लेक्स न्युराेडमा हुने आयोजकले जनाएको छ। ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रसँग सम्बन्धित कलाकार, पत्रकार, प्राविधिक तथा आमन्त्रित पाहुनाहरूको उपस्थिति रहने बताइएको छ।

निर्माता तथा निर्देशक प्रेम साेनी सुनारका अनुसार ‘गुरु आमा’ फरक धारको सामाजिक कथावस्तुमा आधारित चलचित्र हो। उनले नेपाली चलचित्र क्षेत्रमा नयाँपन दिने उद्देश्यसहित यो चलचित्र निर्माण गरिएको बताए। “यो चलचित्र मनोरञ्जनका लागि मात्र होइन, करिब दुई घण्टाको जीवन पाठ बोकेको कथा हो,” उनले भने।

चलचित्रमा मिथिला शर्मा, वुद्धि तामाङ, प्रेम सोनी सुनार, सुशील पोखरेल, धुर्व कोईराला, टिका सानु र सुस्मा थापाको मुख्य भूमिका छ । पदम थापा, विश्वास नेपाल, उत्तम केसीको समेत अभिनय रहेको चलचित्रमा अतिथि कलाकारका रूपमा गौरी मल्ल र पूजा शर्माको विशेष उपस्थिति छ ।

निर्माण पक्षका अनुसार चलचित्रले शिक्षक–विद्यार्थी सम्बन्ध, त्याग, संघर्ष र सम्मान जस्ता विषयलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। शिक्षा क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने कथावस्तु, अनुभवी कलाकारहरूको अभिनय तथा सशक्त सन्देशका कारण चलचित्र अहिले नै दर्शकमाझ प्रतिक्षित बनेको बताइएको छ।

ट्रेलर सार्वजनिक भएपश्चात चलचित्रको कथा, प्रस्तुति र कलाकारहरूको अभिनयबारे थप जानकारी सार्वजनिक हुने अपेक्षा गरिएको छ।

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१८ मा प्रकाशित

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...