५ माघ, काठमाडौँ । नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक रुपमा सुधार हुंदै गईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज आइतबार महाशाखाले देशको पूर्वी भूभाग लगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागको मौसम सामान्यतया सफा रहेको छ भने उपत्यका तथा तराईका केहि स्थानहरुमा हुस्सुरकुहिरो समेत लागेको छ ।
महाशाखाको आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ ५ गते (आइतबार)
दिउँसो देशको पूर्वी भूभाग लगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ । पूर्वी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ ।
रातीः देशको पूर्वी भूभाग लगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ ।पूर्वी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ ।
माघ ६ गते (सोमबार)
दिउँसो स् पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ ।
राती पहाडी भेगमा आंशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
माघ ७ गते (मंगलबार)
दिउँसो पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।राती पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ ।
वि.सं.२०७६ माघ ५ आइतवार ०८:३० मा प्रकाशित






























