back

उहानमा फेरि सुर्यका किरण उदाउने छ (उहानबासीको नाममा बनाइएको भिडियो हेर्नुस् )

वि.सं.२०७६ माघ १७ शुक्रवार

660 

shares

१७ माघ । चीनको उहान प्रान्त यतिबेला सबैभन्दा बढी सुनिने गरेको छ । ज्यानमारा रोगको रुपमा संसारभर फैलिरहेको नोबेल कोरोना भाइरसको उद्गम मानिएको ठाउँ भएका कारण पनि उहानले सबैको ध्यान तानेको छ । संसारले उहानका लागि प्राथना गरिरहेका छन् भने उहानवासीहरु पनि कोरोना भाइरसबाट आफूलाई सुरक्षित रहेको महुशस गर्न खोजिरहेका छन् । यहि बेला उहानवासीहरुले आफ्नो उहानका लागि मन छुने भिडियो सार्वजनिक गरेका छन् ।

अहिलेसम्म चीनका नेपालीलाई कोरोना संक्रमण नभएको भन्दै राजदूत पौडेलले गरे यस्तो अपिल

उक्त भिडियोमा भनिएको छ ‘यदि उहानलाई मेरो एक दिन चाहियो भने म मेरो सहयोगी हातहरु बढाउन सँधै तयार छु ।’

‘यस्तो उहान मैले कहिल्यै देखेको थिइँन । तर मलाई विश्वास छ, फेरि सुर्यको किरण उदाउने छ यो शहरमा । चेरी फूलहरु फेरि फुल्नेछ । सँधै झैँ बिहानीको खाजामा तातो नुडल्स पाक्नेछ । शहरमा फेरि रौनक छाउने छ । त्यो दिन हामी माक्स बिना खुल्ला भएर हिड्ने छौँ । आफूलाई मन लागेको ठाउँ जानेछौँ, आफन्तलाई भेट्नछौँ।’ भिडियोमा कविता शैलीमा उहानको शान्ति र कोरोना भाइरसबाट मुक्ति खोजिएको सन्देश उल्लेख छ  ।

उहानबाट फैलिएको कोरोना भाइरसका कारण बिहीबार अबेर रातीसम्म यस भाइरसबाट २१३ जनाको मृत्यु भएको र ९ हजार ६९२ जना सङ्क्रमित भएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । त्यसैगरी यस भाइरसका कारण अस्पताल भर्ना भएका १७१ जना अस्पतालबाट घर फर्किएको जनाइएको छ ।

वि.सं.२०७६ माघ १७ शुक्रवार १५:५२ मा प्रकाशित

Himalayan Life AD
जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

नवलपुर ।  देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयका स्काउट...

फेदीखोला गाउँपालिकामा ३६ महिला स्वास्थ्य स्वयंसेवी सामाजिक सुरक्षा कोषमा समावेश

फेदीखोला गाउँपालिकामा ३६ महिला स्वास्थ्य स्वयंसेवी सामाजिक सुरक्षा कोषमा समावेश

स्याङ्जा । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा नेपालमा राष्ट्रिय महिला सामुदायिक...

भरतपुर अस्पताल देशकै उत्कृष्ट, संघीय अस्पतालहरूको सेवा मापदण्ड सार्वजनिक

भरतपुर अस्पताल देशकै उत्कृष्ट, संघीय अस्पतालहरूको सेवा मापदण्ड सार्वजनिक

काठमाडौं । संघीय अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा चितवनको भरतपुर...

मधुमेह नियन्त्रणका लागि कार्यस्थलमा जागरुकता र सुविधा आवश्यक

मधुमेह नियन्त्रणका लागि कार्यस्थलमा जागरुकता र सुविधा आवश्यक

नारायणगढ (चितवन) । विश्वभर महामारीका रूपमा फैलिएको मधुमेह नियन्त्रणका लागि...

मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने उपाय

मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने उपाय

नेपालमा आधुनिक मानसिक स्वास्थ्य सेवाको इतिहास धेरै लामो छैन ।...