back
CTIZAN AD

भरतपुर अस्पताल देशकै उत्कृष्ट, संघीय अस्पतालहरूको सेवा मापदण्ड सार्वजनिक

वि.सं.२०८२ मंसिर १२ शुक्रवार

1K 

shares

काठमाडौं । संघीय अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा चितवनको भरतपुर अस्पताल सबैभन्दा अगाडि रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ का लागि गरेको मूल्यांकनमा अस्पतालले ८८ अंक प्राप्त गर्दै देशकै उत्कृष्ट अस्पतालको स्थान हासिल गरेको हो।

नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलका अनुसार भरतपुर अस्पतालले पछिल्ला वर्षमा सेवा प्रवाह, व्यवस्थापन र गुणस्तरमा उल्लेखनीय सुधार गरेको छ।

मापदण्डमा दोस्रो स्थानमा बाँकेको भेरी अस्पतालले ८३ अंक प्राप्त गरेको छ भने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ७९ अंकसहित तेस्रो स्थानमा छ।
त्यसैगरी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ७५, डडेल्धुरा अस्पतालले ७३ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ७१ अंक पाएका छन्।

राष्ट्रियस्तरका प्रमुख अस्पतालहरूमध्ये वीर अस्पतालले ६७, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ६४, कोशी अस्पतालले ६३, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५९ र नारायणी अस्पतालले ५६ अंक मात्र प्राप्त गरेका छन्। यी अस्पतालहरू सुधारको आवश्यक पर्ने श्रेणीमा परेको मन्त्रालयले जनाएको छ।

यद्यपि सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालले ३६ र पाटनको मानसिक अस्पतालले ३२ अंक मात्र प्राप्त गर्दै सबैभन्दा कमजोर मूल्यांकनमा परेका छन्।

मन्त्रालयका अनुसार न्यूनतम सेवा मापदण्डमा क्लिनिकल सेवा, नर्सिङ, प्रशासन, संक्रमण नियन्त्रण, औषधि व्यवस्थापनलगायत ९० भन्दा बढी सूचकहरू समेटिएका छन्।
डा. पौडेलका अनुसार धेरै नागरिक स्वास्थ्य संस्थामा पुगिरहेका भए पनि सेवा प्रणाली अझै अपेक्षित रूपमा मजबुत बन्न सकेको छैन।

यो वर्षको मूल्यांकनमा १३ संघीय अस्पताल समेटिएका थिए। मन्त्रालयले कम अंक ल्याउने अस्पतालहरूलाई तत्काल सुधार योजना पेश गर्न निर्देशन दिएको छ।

वि.सं.२०८२ मंसिर १२ शुक्रवार १३:५३ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...