back
CTIZAN AD

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

वि.सं.२०८३ जेठ २३ शनिवार

867 

shares

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने मूल नाराका साथ विश्व वातावरण दिवसको अवसरमा स्याङ्जाको फेदीखोला गाउँपालिका–३ भाटखोलास्थित जनप्रिय माध्यमिक विद्यालयमा कफी रोपण, विद्यार्थी पोशाक वितरण तथा आईसीटी ल्याब हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य टेकप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी प्रमुख अतिथि तथा वडा नं. ३ का अध्यक्ष कृष्णबहादुर रानाभाट विशेष अतिथिका रूपमा सहभागी रहेका थिए। कार्यक्रममा गाउँपालिकाको शिक्षा शाखा, कृषि विकास शाखाका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमअन्तर्गत विद्यालयको करिब १४ रोपनी क्षेत्रफलमा कफीका बिरुवा रोपण गरिएको छ। गाउँपालिकाको कृषि विकास शाखाका प्राविधिकहरूको प्राविधिक सहयोग तथा प्रत्यक्ष उपस्थितिमा सञ्चालन गरिएको उक्त अभियानले विद्यालय परिसरलाई हरियालीयुक्त बनाउनुका साथै विद्यार्थीहरूमा कृषि उद्यमशीलता, वातावरण संरक्षण र उत्पादनमुखी शिक्षाप्रतिको व्यवहारिक ज्ञान अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सुवेदीले फेदीखोला गाउँपालिकाले कफी खेतीलाई आयआर्जन र वातावरण संरक्षणसँग जोडेर प्राथमिकतामा राखेको बताए। उनका अनुसार चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र करिब दुई हजार रोपनी क्षेत्रफलमा २० हजारभन्दा बढी कफीका बिरुवा रोपण गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन भइरहेको छ। साथै बाँझो जमिनमा कफी खेती गर्ने कृषकलाई प्रति रोपनी तीन हजार रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिँदै आएको जानकारी पनि उनले दिए।

 

 

यसै अवसरमा विद्यार्थीहरूको शैक्षिक पहुँच विस्तार तथा अध्ययन वातावरणलाई थप सहज बनाउन पोशाक वितरण गरिएको थियो। वडा नं. ३ र गाउँपालिकाको संयुक्त लगानीमा सञ्चालन गरिएको ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रममार्फत विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको हो।

त्यसैगरी सूचना प्रविधिमैत्री शिक्षाको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आर्थिक वर्ष २०८२/०८३ को बजेटबाट विनियोजित १० लाख रुपैयाँ बराबरको भर्चुअल शिक्षण, ई–लर्निङ सामग्री तथा उपकरण व्यवस्थापन एवं सञ्चालन योजनाअन्तर्गत विद्यालयलाई आईसीटी ल्याब हस्तान्तरण गरिएको छ। उक्त कार्यक्रमले विद्यालयमा आधुनिक प्रविधिमा आधारित शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।

वातावरण संरक्षण, कृषि उत्पादन, सूचना प्रविधि तथा विद्यार्थी कल्याणलाई एकैसाथ जोडेर सञ्चालन गरिएको कार्यक्रमले विद्यालय तथा समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्। विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा प्रकृतिप्रतिको जिम्मेवारी, उद्यमशील सोच र प्रविधिमैत्री शिक्षा विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

वि.सं.२०८३ जेठ २३ शनिवार ०७:४१ मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...