back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८३ जेठ २३ शनिवार

666 

shares

सतीश पण्डित
भानु – ६ चुँदी , तनहुँ

१.
हारलाई राख साहासमा
फर्किन्छ सफलता पक्कै
विश्वास राख प्रयासमा।

२.
झुटा मिठा भाषणमा
देश बन्दैन कहिल्यै
बन्छ केवल शासनमा।

३.
दुःखलाई राख गीतमा
मन हलुङ्गो हुन्छ
पीडा पोखे प्रीतमा।

४.
भाग्य खोज्दै सहरमा
आफ्नै गाउँ सम्झिन्छ
एक्लै हुँदा रहरमा।

५.
भोकै पेट मुस्कानमा
बाँचिरहेछन् है मान्छे
आशा बोकी जहानमा।

६.
मनका चोट पीडमा
सितिमिति रुँदैन मान्छे
आँसु झारी भीडमा।

७.
रिसले पोल्छ मनमा
राखौँ ख्याल सबैले
शान्ति बस्छ जीवनमा।

८.
बसेमा अहङ्कारको भरमा
कोही पनि टिक्दैन
समयको त्यो दरमा।

९.
सत्य बोल्ने ओठमा
हार कहिल्यै छैन
झुटा कुरा नोटमा।

१०.
फूल फुल्छ बारीमा
माया पलाउँछ दिलको
सफा सरल नारीमा।

वि.सं.२०८३ जेठ २३ शनिवार ०७:१८ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

सुसेली : आदिकविमा समर्पित

सुसेली : आदिकविमा समर्पित

रामप्रसाद अधिकारी अजिरकोट ३ , गोरखा १ भानुका कुरा गर्नुपर्छ...

गजल

गजल

रमा खतिवडा,पोखरा खोज्छ हाँस्दै रम्न सकभर जिन्दगी बन्छ हरपल दु:खको...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...