back
CTIZAN AD

चारु

वि.सं.२०८३ जेठ २३ शनिवार

924 

shares

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ

बैगुनी रैछे फूल निमोठेर पात बाँकी राखी
वासना आफू लिई फगत मात बाँकी राखी

सम्झौतामै सबै त्यागीने हस्ताक्षर गरेको हो
तन मन धन त त्यागी तर जात बाँकी राखी

बुढ्यौलीमा हेर्न होला नजलाएको सायद
लेउ लागेका प्रेमपत्रको खात बाँकी राखी

शरीर अन्तै र मन मसँगै थियो होला उसको
त्यसैले ओठले बोल्ने केही बात बाँकी राखी

मैले बुझें उसको इशारा काफी थियो आमा
फर्किन्छे कि तिम्रो छातीमा थात बाँकी राखी ।

अनुप्रास : आत
शेष अनुप्रास : बाँकी राखी

वि.सं.२०८३ जेठ २३ शनिवार ०७:१३ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...