back
CTIZAN AD

सुसेली

वि.सं.२०८३ जेठ २३ शनिवार

669 

shares

ध्रुवराज थापा ‘पुरुष’
काभ्रे, पनौती हाल: कपन, काठमाडौं

१.
हे सुकुम्बासी
गाउँ छोडि सहर
हुकुमबासी ।

२.
दयाकी खानी
सेवा अनि मुस्कान
हे नर्स नानी ।

३.
व्रत बसेर
आत्म शुद्धि नभए
गयो है खेर ।

४.
योग गरेर
हुनुपर्छ निरोगी
भलो गरेर ।

५.
जग हाँसेको
गतिविधि सांसद
भत्ता पचेको ।

६.
लजायो लाज
संसदमा रमिता
देखियो आज ।

७.
घामट नेता
प्रदुषण छरेर
बिगार्छ त्यता ।

८.
नेता हरामी
निकास नै दिदैनन्
पार्यो बिरामी ।

९.
कस्ता छानियो
घामटै पो परेछन्
ऐले जानियो ।

१०.
गर्‍यौं विश्वास
बदलामा मौनता
रैछ बक्बास ।

वि.सं.२०८३ जेठ २३ शनिवार ०७:०८ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...