back
CTIZAN AD

गजल

वि.सं.२०८३ जेठ २३ शनिवार

555 

shares

किशोर कोइराला,सुनसरी

लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी
बल्झिएका घाउ उनकै सम्झनामा छन् खुसी

उर्लिए गङ्गा र जमुना आँसुको भल निथ्रियो,
जिन्दगीका पाइला खुद सान्त्वनामा छन् खुसी

दुःखका खाडल छिचोल्दै बाँच्न गाह्रो भो यहाँ
हातका रेखा समयको कल्पनामा छन् खुसी

हर बिहानी घाम छर्दै सूर्यले दिन पस्किँदा,
जूनतारा सङ्क्रमणको बेदनामा छन् खुसी

चारपलको जिन्दगीमा मृत्यु शाश्वत सत्य हो
बुझ्दछन् जो ती सदाझैँ साधनामा छन् खुसी

बहर : रमल मुसम्मन महजुफ
अर्कान : फाइलातुन् फाइलातुन् फाइलातुन् फाइलुन्
वजन : २१२२ – २१२२ – २१२२ – २१२
काफिया : अना
तहलिली रदिफ : मा
रदिफ : छन् खुसी

वि.सं.२०८३ जेठ २३ शनिवार ०७:०६ मा प्रकाशित

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...

गजल

गजल

जेवी जिज्ञासु,सोलुखुम्बु सुकेका पातले हरियो छु भन्दै छन् मरेका मान्छे...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ नयनका छटाले हदै गर्न थाले...