back
CTIZAN AD

गजल

वि.सं.२०८३ जेठ २३ शनिवार

798 

shares

एक नारायण चापागाईँ,दाङ

अनुभूति नयाँ के छ कि चिन्तन छ पुरानै
सुन्दै छु म तिम्रा पनि गनथन छ पुरानै

फर्केर तिमी आऊ कुनै दिन त यो घरमा
सब याद यहाँ आउँछ आँगन छ पुरानै

यो दीप बलेको छ भरोसामा कसैको
चल्दै छ हुरी तेजले बन्धन छ पुरानै

सुध्रेन अझैसम्म छ मेरो त गुनासो
यसले छ गरेको क्षति अड्चन छ पुरानै

कसले पो लगाए छ कुरा खै तिमीसङ्ग
लाग्दैन तिमीलाई उही मन छ पुरानै

बहर : हजज मुसम्मन अखरब मक्फुफ महजुफ
अर्कान : मफ्ऊलु मफाईलु मफाईलु फऊलुन्
वजन : २२१ – १२२१ – १२२१ – १२२
काफिया : अन
रदिफ : छ पुरानै
अभ्यास : स्वर्ग पाठशाला

वि.सं.२०८३ जेठ २३ शनिवार ०७:०३ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...