back
CTIZAN AD

गजल

वि.सं.२०८३ जेठ २३ शनिवार

1K 

shares

रमा खतिवडा, पोखरा

आज उसले मन पगाल्यो के हुने हो
मन तरल भै बग्न थाल्यो के हुने हो

मन्द हाँसो प्यारका छन् बात मीठा
बातले तारा खसाल्यो के हुने हो

सोचियो के हुन्छ अर्कै जिन्दगीमा
पोखियो मन झन् समाल्यो के हुने हो

बैगुनी हो डस्छ उसले बुझ्नुपर्छ
जानी जानी सर्प पाल्यो के हुने हो

देखिएनन् कर्म जसले गर्छ राम्रो
खोजी खोजी खत निकाल्यो के हुने हो

बहर : रमल मुसद्दस सालिम
अर्कान : फाइलातुन् , फाइलातुन् , फाइलातुन्
वजन : २१२२ – २१२२ – २१२२
काफिया : आल्यो
रदिफ : के हुने हो
अभ्यास : पारिश्रमी पाठशाला

वि.सं.२०८३ जेठ २३ शनिवार ०७:०० मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...