back
CTIZAN AD

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

वि.सं.२०८३ साउन ११ सोमवार

66 

shares

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको भीड लाग्ने गरेको छ । स्थानीय राति २ः०० बजेदेखि खाली ग्यास लिएर ग्यास डिलरमा पुग्छन् । एक–दुई दिन कुरेर मात्र भरिएको सिलिण्डर लिएर फर्किछन् । पछिल्लो समय ग्यास अभाव देखिएपछि उपभोक्ताले सास्ती खेप्नुपरेको हो ।

विगत जस्तो जतिबेला पनि सजिलै ग्यास पाउने अवस्था नभएको स्थानीय बताउँछन् । केहीसँग मात्र ग्यासको विकल्प भए पनि यहाँका अधिकांश नागरिक खाना पकाउने एलपी ग्यासमा परनिर्भर छन् । ग्रामीण क्षेत्रमा वैकल्पिक इन्धनको व्यवस्था भए पनि सहरी क्षेत्रमा सजिलै दाउरा, गुइँठा पाउने अवस्था पनि छैन । यसअघि ग्यासमा निर्भर रहनेहरूले यसको अभावमा समस्या भोग्दै आउनुपरेको छ ।

वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका भविका चौधरीले ग्यास पाउँदा आनन्दको अनुभूति गरेको सुनाए । “चार दिनसम्म लाइनमा बस्दा बेलाबेलामा सासै बन्द होला जस्तो हुन्थ्यो । चुलो नबलेकाले यसबीचमा चाउचाउ, बिस्कुट र चिउरा खाएर गुजारा चलाइयो । आज बल्लतल्ल ग्यास पाइयो । धेरै ठूलो युद्ध जिते जस्तो महसुस भएको छ । आजदेखि खाना पकाएर खान पाइने भइयो”, उनले भने ।

चौधरी प्रतिनिधि पात्र मात्र छन् । उनी जस्तै अन्य स्थानीयले ग्यास नपाएर धेरै दिन भोकभोकै बस्नुपर्ने अवस्था सामना गर्नुप¥यो । यसबाट धेरैजसो विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तित्व र सहज पहुँच नभएका नागरिकहरू प्रभावित भएका छन् ।

पहुँच भएकाले विभिन्न स्रोतबाट ग्यास लिएर आफ्नो दैनिक चलाए पनि अशक्त, विद्यार्थी, ज्येष्ठ नागरिकले सास्ती खेप्नु परेको वीरेन्द्रनगर नगरपालिका–९ का स्थानीय तीर्थबहादुर थापाले दुखेसो पाखे । उनले भने, “हामी आइतबार बिहान ५ः०० बजेदेखि खाली ग्यास लिएर भर्नका लागि लाइनमा बसेका छौँ, अँझै पालो आएको छैन । बेलुका खाली सिलिण्डर लिएर घर फर्केपछि भोलिपल्ट फेरी लाइनमा बस्न आउँछौँ । राति खाली सिलिण्डर सुरक्षाका लागि पाँच सय जनाले प्रतिव्यक्ति रु २० तिर्ने गरेका छौँ । आज पनि ग्याँस पाउने हो कि होइन थाहा छैन ।”

यसैबीच, नेपाल आयल निगम सुर्खेतका प्रमुख दिपककुमार घिमिरेले साउन १ गतेदेखि १० गतेसम्म वीरेन्द्रनगरबाट १७ हजार खाना पकाउने एलपी ग्याँस वितरण गरिएको जानकारी दिए । उनले भने, “यसअघि हरेक महिनामा २६ हजार ग्यास वितरण हुन्थ्यो । तर साउनको १० दिनभित्र १७ हजार एलपी ग्यास वितरण भएको छ । यो निकै ठूलो परिमाण हो । यस हिसाबले एक महिनामा ५१ हजार आवश्यक पर्ने देखिन्छ ।”

प्रमुख घिमिरेका अनुसार सुर्खेतमा एलपी ग्यासको अभाव छैन । बरु अनधिकृत बिक्रेताले विभिन्न स्रोतबाट सङ्कलन गरी भण्डारण गरेर राखेको हुनसक्ने उहाँले आशङ्का व्यक्त गरे । सञ्चारकर्मीसहित सरोकार भएका निकायले यसबारे आवश्यक अध्ययन÷अनुसन्धान गर्नुपर्नेमा उनले जोड दिए । “अभाव छैन, अभाव गराइएको छ । यसबाट आमनागरिक र पहुँच नभएका व्यक्ति मर्कामा परेका छन”, उनले भने ।

कालिकोट घर भई हाल सुर्खेतमा बस्दै आएका अपाङ्गता भएका व्यक्ति मनराज कठायतले दुई दिनसम्म ग्यास लिन जाँदा नपाएर खाली हात घर फर्कनुपरेको पीडा पोखे । अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र सुत्केरीलाई ग्यास वितरणमा प्राथमिकता नदिदा पीडा हुने गरेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले लक्षित वर्गको सहजता र सबै उपभोक्ताको उपलब्धताका लागि प्रहरी प्रशासनको निगरानीमा ग्यास वितरण गरिँदै आइएको बताए । ग्यास अभावका विषयमा ‘के भएको हो’ सोबारे अध्ययन भइरहेको उनले जानकारी दिए ।

वि.सं.२०८३ साउन ११ सोमवार १६:४२ मा प्रकाशित

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...