back
CTIZAN AD

कविता : वृद्धका सकसको गर ख्याल

वि.सं.२०८३ जेठ २३ शनिवार

1.1K 

shares

दीनानाथ पोखेल
सुम्बेक, इलाम -२, इलाम

वृद्धले मनुजता अगि बाँडे ।
कष्ट ताप मनका सब फाँडे ।।
भोग्नुहुन्न उनले अवहाल ।
वृद्धका सकसको गर ख्याल ।।०१।।

झर्किईकन तिमी यदि बोल्छौ ।
वृद्धमा जहरको कस घोल्छौ ॥
मान गर्नु कसरी बुझ हाल ?
वृद्धका सकसको गर ख्याल ।।०२।।

हातपाउ उनका कम चल्छन् ।
श्रव्य दृश्य बल यी पनि गल्छन् ।।
ज्ञानवान् मनुजको गति चाल ।
वृद्धका सकसको गर ख्याल ।।०३।।

पथ्य योग्य विनयीपन पस्क ।
वाक्क दिक्क छु भनेर नठस्क।।
मिष्ट बात गर दर्द पखाल ।
वृद्ध‌का सकसको गर ख्याल ॥०४।।

चल्छ बासन मिठो बन नम्र ।
बढ्छ शक्ति मनको छुन चन्द्र ॥
दिल्लगी नगर बोझ नहाल ।
वृद्धका सकसको गर ख्याल ।।०५।।

उठ्न बस्न सजिलो छ कि छैन ?
हेर्न भुल्नु मन जान हुँदैन ।।
बात तीक्ष्ण कथुरेर नगाल ।
वृद्धका सकसको गर ख्याल ॥०६।।

छन्द : स्वागता
गण ; र – न – भ – गु – गु.
सङ्केत : SIS – III – SII – S – S

वि.सं.२०८३ जेठ २३ शनिवार ०६:५८ मा प्रकाशित

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

लोककृष्ण भट्टराई नेपाली वाम आन्दोलनका पुराना नेता, पत्रकार तथा लेखकका...

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...

गजल

गजल

जेवी जिज्ञासु,सोलुखुम्बु सुकेका पातले हरियो छु भन्दै छन् मरेका मान्छे...