back
CTIZAN AD

कविता : घन्टीनायक भो घाँडो

वि.सं.२०८३ जेठ २३ शनिवार

963 

shares

कलानिधि दाहाल, काठमाडौँ

घन्टी नायक भो घाँडो भेडा भिड तिमी बुझ
साँढे एक्लै हिँडेको छ निकाली फिँज गुज्गुज ।
अर्काका काँधमा हो वा खानामै चुठ्न खोज्छ यो
रालो झर्न छ खोजेको ढाँडमा मोज रोज्छ यो ।१।

एकाएक हुने जम्मा अनेकमा विभक्त छन्
नायक नै छ यो शून्य अन्य को छ सशक्त झन् ।
विनाजग कहाँ अग्लो घर यो बन्न सक्छ र
नाची वानरका नाँच दायित्व उन्न सक्छ र ?२?

वेश नै देश हो भन्ने जनतामा पुगी उता
सत्ता चढे निकै मिच्छु अर्को भन्छौ तिमी यता ।
ठिकै छ व्यक्तिमा बाँच जनको छाड त्यो कर
मोजमस्ती महा मस्ती छाडी झुप्रा तिमी झर ।३।

बोल लर्बरका ओठ खोल जे मन लाग्दछ
अनुशासनको चक्का चाहिन्न सब भाग्दछ ।
खाएकै थालमा चुठ्ने नरपिचास बन्दछ
त्योभन्दा निच छौ निष्ठा श्वान छि:गरी सुँघ्दछ ।४।

तिम्रो मस्तिष्कको प्वाल बोलाऊ टाल्न डाक्टर
राँची जाऊ पुजा गर्छन् बन्ने छौ भावभाष्कर ।
सेनाका भिडमा लम्क दौरा सुर्बाल यी भिरी
कार्टुन हौ तिमी चङ्खे पुग्छौ संसदमा छिरी ।५।

बकुल्लोझैँ तिमी बस्छौ जाने पो बोल बोल्दछौ
बोले दुर्गन्धको भित्री रागमा पोल खोल्दछौ ।
नयाँ भाष्य दिने भागे सङ्घर्ष दु:खका पला
हुटीट्याउँ तिमी जाबा कुहेका अझ स्याउला ।६।

जलायौ सभ्यता पैले छुद्र विचारवाणले
बस्ने छौ मोजमा मस्ती केही समय सानले ।
अहिले नै तिमी सारा जनताका सबै चुला
करका भारले छोपी सत्ता छौ तिमी बेहुला ।७।

जरो खन्न प्रतिज्ञामा जनता अहिल्यै जुटे
जोडेका भिडका भेडा भ्या भ्या भ्या भरमा फुटे ।
अपराधी सबै आफ्ना जोगाउन तिमी चुनी
जलाएको उही न्यायालयमा पुग्दछौ घुमी ।८।

धिक्कार कारमा पाउ राखी दक्षिणमा छिर
त्यता पाइन्छ तिम्रो त्यो मनका रुचिको खिर ।
र्याप र्याप तिमी ट्याप खिच लर्बर तस्बिर
घर हो लिपुको लेक बस नाँच्दै चढी भिर ।९।

दही दोधारका च्युरा सत्ताका तिमी शासक
बसूँ आसनमा अग्लो जस्तै छौ अन्य आशक ।
तिम्रा भेडा सबै उस्तै भित्री सामन्तका घर
स्याल सामन्त फालेर हाइना अझ हन्टर ।१०।

छन्द : अनुष्टुप्

वि.सं.२०८३ जेठ २३ शनिवार ०६:५७ मा प्रकाशित

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

लोककृष्ण भट्टराई नेपाली वाम आन्दोलनका पुराना नेता, पत्रकार तथा लेखकका...

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...

गजल

गजल

जेवी जिज्ञासु,सोलुखुम्बु सुकेका पातले हरियो छु भन्दै छन् मरेका मान्छे...