back
CTIZAN AD

एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख २० हजार पुरस्कार

वि.सं.२०८३ जेठ २३ शनिवार

333 

shares

म्याग्दी (बेनी) । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) मा उत्कृष्ट हुने विद्यार्थीलाई नगद रु एक लाख २० हजार पुरस्कार वितरण गरिएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेका समाजसेवी कमल शाहीले एसइई परीक्षा २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरेका हुन् । रघुगङ्गा गाउँपालिका–२ र ३ राखुमा सञ्चालित तीन सामुदायिक विद्यालयबाट एसइई परीक्षा २०८२ मा ए प्लस ग्रेड ल्याउनेलाई जनही रु १० हजार र ए ग्रेड ल्याउनेलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिएको हो ।

यस वर्ष रघुगङ्गा माविबाट ए प्लस ग्रेड ल्याउने एक जना र ए ग्रेड ल्याउने सात जना, मुक्तिधाम माविबाट साधारण र प्राविधिक धारतर्फ ए प्लस ग्रेड ल्याउने तीन जना र ए ग्रेड ल्याउने ६ जना, ज्ञानोदय माविबाट ए ग्रेड ल्याउने एक जना र दृष्टिविहिन दुई जनालाई नगद पुरस्कार प्रदान गरिएको हो ।

शाहीले यस वर्ष ए प्लस ग्रेड ल्याउने चार जनालाई जनही रु १० हजार र ए ग्रेड ल्याउने १४ जना तथा दुई दृष्टिबिहीन गरी १६ जनालाई जनही रु पाँच हजारका दरले प्रोत्साहन पुरस्कार प्रदान गरेका हुन् । विगत पाँच वर्षदेखि एसइई परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई उनले पुरस्कार वितरण गर्दै आएका छन् । उनले चार जिपिए ल्याउने विद्यार्थीलाई जनही रु ५० हजार पुरस्कार दिने घोषणा गरेका थिए ।

मुक्तिधाम माविका विद्यार्थीलाई सोही विद्यालयमा पुरस्कार वितरण गरिएको छ भने ज्ञानोदय मावि र रघुगङ्गा माविका विद्यार्थीलाई रघुगङ्गा मावि पिप्लेमा पुरस्कार वितरण गरिएको हो ।

पिप्लेमा आयोजित कार्यक्रममा रघुगङ्गा गाउँपालिका–३ का वडाध्यक्ष खिमबहादुर शाही, रघुगङ्गा माविका व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ शर्मा र प्रधानाध्यापक रमेशसिंह ठकुरीले पुरस्कार वितरणगरे । सोही अवसरमा शाहीले आफ्नो बुबाको सम्झनामा रघुगङ्गा माविमा स्थापना गर्नुभएको रु ६ लाख ११ हजार राशिको देवबहादुर शाही अक्षयकोषबाट रघुगङ्गा माविका सबै कक्षाका विद्यार्थीलाई विभिन्न विधातर्फ पुरस्कृत गरेका थिए ।

वि.सं.२०८३ जेठ २३ शनिवार ०६:५३ मा प्रकाशित

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

गण्डकी । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...

पोखरामा बहुवर्गीय निर्वाचन प्रणालीबारे बहस, गोपाल किराँतीद्वारा नयाँ अवधारणा प्रस्तुत

पोखरामा बहुवर्गीय निर्वाचन प्रणालीबारे बहस, गोपाल किराँतीद्वारा नयाँ अवधारणा प्रस्तुत

पोखरा । पोखरामा आयोजित एक वैचारिक अन्तरक्रिया कार्यक्रममा नेपालका कम्युनिस्ट...

चार लाख भारतीय रकमसहित पक्राउ

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क...

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

वालिङ । नेपाली लेखक संघ (२००८), स्याङ्जाद्वारा ४४ औँ बि.पी....