back
CTIZAN AD

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

वि.सं.२०८३ साउन ११ सोमवार

51 

shares

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल, उत्पादन तथा उत्पादकत्व बढ्दै गएको देखिन्छ । मूल्य भने प्रायः घट्नुको साटो वृद्धि भएको देखिन्छ ।

आँप उत्पादन गर्ने किसानदेखि आमउपभोक्तासम्म पुग्न कम्तिमा तीन तहका व्यावसायी हुने भएकाले उत्पादन र उपभोग्य मूल्यमा ठूलो अन्तर देखिने गरेको आरोप लाग्ने गरेको छ । नेपालमा स्वदेशी उत्पादनदेखि भारत र चीनबाट आयात हुने विभिन्न प्रजातिका आँपको बैशाखदेखि असोजसम्म उपभोग हुने गरेको छ ।

नेपाल फलफूल थोक व्यावसायी संघ कुलेश्वरका अध्यक्ष अमर बाँनियाका अनुसार नेपालमा वार्षिक औषतमा स्वदेशको उत्पादन र भारतबाट आयात हुने रु दुई/दुई अर्ब तथा चीनबाट आयात हुने रु एक अर्ब जतिको आँप खपत हुन्छ । चीनबाट पछिल्लो दुई वर्षदेखि मात्र बढी मात्रामा आँप आयात हुन थालेको हो ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सोमबारको आँप (मादलह) र आँप (दशहरी)को मूल्य प्रति केजी न्यूनतम् रु १८० र अधिकतम् रु २०० रहेको छ । बाँकी अन्य थोक बजार र विभिन्न सहरमा फरक फरक मूल्यमा बिक्री भइरहेको देखिन्छ । समितिका सूचना अधिकारी विनय श्रेष्ठले कालिमाटी बजरमा मात्र बैशाखदेखि आजसम्म एक हजार २३० टन आँप आयात भएको र त्यसमध्ये २८० टन आँप भारतबाट आयात भएको जानकारी दिए ।

यसपाली आँपको मूल्य तुलनात्मक उच्च

यस पटक आँपको मूल्य विगतभन्दा धेरै तल नझरेको बताउँदै उनले नेपालमा सबैभन्दा बढी मालदह प्रजातिको आँप विक्री हु्ने गरेको र त्यसपछि दशहरी, कलकते, चोसा, अम्रपालीलागायत जातका आँपहरु बिक्री हुने गरेको उल्लेख गरे । असारसँगै आपको मुख्य सिजन सकिन्छ भने त्यसपछि कम मात्रामा आँप पाइने गरेको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय फलफूल विकास केन्द्रको तथ्यांक हेर्ने हो भने मुलुकभित्र आँपको उत्पादनको क्षेत्रफल, उत्पादन र उत्पादकत्व बढ्दै गएको छ । आर्थिक वर्ष २०७८र७९ मा मुलुकभर ५३ हजार ४५८ हेक्टर क्षेत्रफलमा चार लाख ९८ हजार ८५९ टन आँप उत्पादन भएको थियो । त्यस्तै आव २०७९र८० मा ५२ हजार ४४९ हेक्टर क्षेत्रफलमा पाँच लाख १३ हजार ५५ टन आँप उत्पादन भएको थियो ।

त्यस्तै २०८०/८१ मा ५२ हजार ९७५ हेक्टर क्षेत्रफलमा कुल पाँच लाख १७ हजार ५५२ टन आँप उत्पादन भएको केन्द्रका प्रमुख महेशचन्द्र आचार्यले जानकारी दिए । आव २०८१र ८२ मा ५२ हजार ४३३ हेक्टर क्षेत्रफलमा पाँच लाख पाँच हजार १३७ टन आँप उत्पादन भएको थियो । उनका अनुसार नेपालको उत्पादनको करिब ७७ प्रतिशत आँप मधेश प्रदेशमा उत्पादन हुने गरेको छ । उत्पादन वृद्धि भएपनि भारतबाट समेत ठूलो परिणाममा आँप आयात हुने गरेको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा भारतबाट कुल ९६ लाख ५४ हजार २९२ केजी आँप आयात भएको थियो भने गत आव २०८२र०८३ मा ८८ लाख १२ हजार ९६६ केजी आँप आयात भएको देखिन्छ ।

फलफूलको राजा आँप

हावापानीको दृष्टिकोणले तराईदेखि मध्य पहाडको बेसीसम्म खेती गर्न सकिने आँपलाई फलफूलको राजा पनि भनिन्छ । आँपमा वर्ष बिराएर फल्ने प्रवृति भएकाले कहिलेकाहीँ ३–४ वर्षमा एक वर्ष मात्र पनि राम्रो उत्पादन प्राप्त हुने गर्दछ ।

उत्पादन क्षेत्रमा फूल लाग्ने समयमा प्रतिकूल मौसम हुनु, केही जिल्लामा उत्पादन घट्नु, सुरुआतमा भारतीय आयात सुस्त हुनु, ढुवानी, मजदुरी र प्याकेजिङ खर्च बढ्नु, यामको सुरुमै माग बढी र आपूर्ति कम हुनुलगायत विषयले आँपको मूल्य नघट्ने यस क्षेत्रका जानकारहरुको भनाइ छ । यसको दीर्घकालीन समाधानका लागि आँपका लागि कोल्ड स्टोर र सङ्कलन केन्द्र विस्तार, जुस, र अन्य प्रशोधन उद्योग स्थापना, गुणस्तरीय प्याकेजिङ र ब्रान्डिङ, बजार सूचना प्रणाली र न्यूनतम समर्थन मूल्यजस्ता नीतिगत व्यवस्था हुनुपर्ने सुझाव विज्ञहरुको सुझाव छ ।

‘बिचौलियाले बढी नाफा लिए भन्ने हल्ला मात्र’

नेपाल फलफूल थोक व्यावसायी संघ, कुलेश्वरका अध्यक्ष अमर बाँनियाले आँपको मूल्यमा उत्पादनदेखि उपभोक्ताबीचका व्यवसायीले बढी नाफा लिए भन्ने हल्ला मात्र भएको बताए । उनका अनुसार किसानको बगानमा आँपको फूल फूल्ने वित्तिकै एकथरी व्यवसायीले ठेक्का लिन्छन । त्यसपछि ती ठेकेदारले बगानको गोडमेल, मलजल, श्रम र जोखिमसहित नाफा÷घाटा लिन्छन् ।

त्यस्ता व्यावसायीले काठमाडौँलगायत ठूला सहरमा थोक बिक्रेतासम्म आँप ल्याइपुर्याउँछन् । थोक व्यावसायीले आफ्नो निश्चित प्रतिशत नाफा राखेर मात्र औसतमा यस सिजनमा नेपाली आँप प्रति केजी रु १०० देखि १५० र भारतीय आँप प्रतिकेजी रु १२० देखि २०० बिक्री गरेको अध्यक्ष बाँनियाको भनाई छ । त्यसपछि स्थानीय पसले र साइकल व्यापारीले आफ्नो नाफा राखेर आमउपभोक्तालाई बिक्री गर्छन ।

नेपालमा आँप उत्पादन हुने प्रमुख जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, महोत्तरी, सर्लाही, धनुषा, बारा, पर्सा, रौतहट, धाडिङ, नवलपरासी, कपिलवस्तु, रूपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुर पर्दछन् । फलको राजाको रुपमा चिनिने आँपको महत्व विशिष्ट स्वाद, साँस्कृतिक, महत्त्वपूर्ण भिटामिन र खनिजहरूका कारण धेरै रहेको छ ।

आँप खेती मधेशका लागि उपयुक्त कृषि व्यवसाय

तराई मधेशका प्राय क्षेत्रमा आँपको खेति गर्न सकिन्छ । आँपको खेतीले हरियाली प्रवद्र्धन तथा वातावरण सुधारका साथै चुरे संरक्षणमा महत्वपूर्ण योगदान दिन सक्ने वातावरण क्षेत्र जानकारको भनाई छ । मन्त्रालयका अनुसार यो कार्बन संचिती र वैकल्पिक काष्ठका लागि समेत उपयोगी रहेको छ ।

पानीको उपलब्धता कम भएको अवस्थामा पनि खेति गर्न सकिने भएकाले आँपको खेती उत्पादन लागत तुलनात्मक रुपमा कम हुन्छ । लामो समयसम्म उत्पादन लिन सकिने तथा तुलनात्मक रुपमा न्यून श्रमशक्तिको आवश्यकता हुने भएकाले श्रमको अभाव, जलवायु परिवर्तनको प्रभाव र उत्पादन सामाग्रीको अभावमा बाँझो रहन गएका जग्गाको सदुपयोग गर्नका लागि पनि आँपको खेतीको महत्व रहेको छ ।

वि.सं.२०८३ साउन ११ सोमवार १६:१७ मा प्रकाशित

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...