back
CTIZAN AD

महाधिवेशन विवाद : देउवाले निधि–सिटौलालगायत नेताहरूलाई बोलाएर छलफलमा

वि.सं.२०८२ मंसिर १२ शुक्रवार

444 

shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन गर्न नहुने अडानमा रहेका नेताहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलालाई फेरी छलफलका लागि डाकेका छन्।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगनकुमार थापा तथा विश्वप्रकाश शर्मासँग महाधिवेशनसम्बन्धी छलफल जारी रहँदा देउवाले नेताद्वय निधि र सिटौलालाई पनि महाराजगञ्जस्थित आफ्नो निवासमा बोलाएका स्रोतले जनाएको छ।

देउवाले बोलाएपछि निधि र सिटौला नयाँ बानेश्वरस्थित आनन्दभूभि इभेन्ट्समा चलिरहेको संस्थापन पक्षीय भेलाबाट बाहिरिएका एक केन्द्रीय सदस्यले जानकारी दिए।

यसअघि देउवाले बिहीबार पनि निधि, सिटौला, पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्यहरूसँग सामूहिक छलफल गरेका थिए। सो छलफलमा देउवाले आफ्नो नाम भजाइएको विषयमा असन्तुष्टि प्रकट गरेको बताइएको छ।

पूर्वपदाधिकारीहरूसँगको भेटपछि महामन्त्रीद्वय थापा र शर्मासँग देउवाको छुट्टै छलफल भएको थियो, तर सो भेट–वार्ता पनि कुनै निष्कर्षविना सकिएको थियो।

 

वि.सं.२०८२ मंसिर १२ शुक्रवार १३:४१ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...