२७ माघ, काठमाण्डौं । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कुँवरको हत्यामा उनकै कामदार संलग्न रहेको सिसिटिभी फुटेजमा देखिएको छ ।
ललितपुर प्रहरी परिसर जावलाखेलबाट अनुसन्धानका लागि एसएसपी टेक प्रसाद राईको नेतृत्वमा गएको टोलीले अनुसन्धानका क्रममा सिसिटीभी फुटेज हेरेर हत्यामा कामदार नै संलग्न रहेको निष्कर्ष निकालेको बताइएको छ ।
कार्की निवासमा सानैदेखि कामगर्न बसेका बिजय चौधरीले बिहानको नौ बजे कार्कीलाई घाँटीमा समातेर घिर्सादै लगेको तथा आक्रमण गरेको भान्साको नजिकै रहेको सिसिटीभि फुटेजमा देखिएको प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको छ । कार्कीको हत्यापछि आफूपनि झुण्डिएको अवस्थामा मृत फेला परेका चौधरीले के कारणले यस्तो गरे भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
घटनाको समयमा पुर्वसचिव कार्कीले आफू पशुपति गएको र फर्किएर आउँदा श्रीमतीलाई अचेत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेको गरेको बताएका छन् ।
ललितपुरको सानेपास्थित आफ्नै निवासमा अचेत भेटिएकी मुना कुँवरलाई तत्कालै स्टार अस्पताल लगिएपनि उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो ।
वि.सं.२०७६ माघ २७ सोमवार १८:१५ मा प्रकाशित




























