गायक कृष्ण समिप सुवेदीले नयाँ सांगितीक कोशेली ‘चल न माया चल’ बजारमा ल्याएका छन् ।
प्रतिभाशाली गायक तथा संचारकर्मी समेत रहेका समिपको उक्त गीतले छोटो समयमै दर्शक श्रोताहरुको मन जित्न सफल भएको छ । पछिल्लो समय टिकटकमा समेत भाइरल भएको उनको गीत युट्युवमार्फत् सार्वजनिक गरिएको हो ।
सांगितीक क्षेत्रमा सातवर्षपछि आफ्नै प्रस्तुतिमा रहेको ‘चल न माया चल’ नामक सांगितीक कोशेली समिपले आफ्नै युट्युव चैनलमार्फत् सार्वजनिक गरेका हुन् ।
सन्तोष राजबाहकको निर्देशन रहेको उक्त भिडियो ज्ञानेन्द्र शर्माको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
बजारमा आएको छोटो समयमै निकै चर्चा कमाएको समिपको गीतमा प्रयोग भएको देउडा शैलीलाई दर्शक श्रोताले अत्यधिक रुचाएको बताइएको छ ।
यो भन्दा पहिले सिर सिर बतास, माझी दाइको जिन्दगी, मनको तिर्खा र मेरो कल्पनामा आउने मान्छे तिमी लगायतका आधुनिक, लोकदोहोरी तथा पप गीत नेपाली सांगितीक क्षेत्रमा ल्याइसकेका समिपको उक्त गीतमा उनको आफ्नै स्वर तथा सब्द अनि संगीत रहेको छ भने गायिका कृष्णा खनालले उनलाई साथ दिएकी छन् ।
वि.सं.२०७६ माघ २७ सोमवार १७:४२ मा प्रकाशित





























