२७ माघ, फ्रान्स । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले फ्रान्सस्थित प्रवासी नेपाली एकता मञ्चको टुंगो लगाएको छ ।
नेकपा प्रवास समन्वय कमिटीको हालै सम्पन्न बैठकले फ्रान्समा क्रियाशील दुई संगठन प्रवासी नेपाली मन्च र नेपाली जनप्रगतिशील मन्चको एकता गरी प्रबासी नेपाली एकता मञ्च गठन गर्ने निर्णय गरेको हो ।
जसको अध्यक्षमा भक्त वाग्ले, सचिवमा मनोज पौडेल रहेका छन् भने सदस्यहरुमा घनश्याम पौडेल, मीन श्रेष्ठ, मिलन तामांङ, अरुण गुरुङ, लाल बहादुर सोडारी, हरि सापकोटा, ज्ञानेन्द्र पौडेल प्रभाकर, भोजराज गिरी, सन्दिपा गुरुंङ, प्रमीला लामिछाने, राजु बस्नेत, तीर्थ अधिकारी, शंकर अमोल, मधुकर देबकोटा, पुष्पा न्यौपाने र सूर्य पौडेल रहेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रबास समन्वय कमिटीको बैठक कमिटीका अध्यक्ष युवराज चौंलागाईंको अध्यक्षता र पार्टी महासचिव विष्णु पौडेलको बिशेष उपस्थितिमा सम्पन्न बैठकले सो निर्णय गरेको जनाइएको छ ।
यसअघि प्रवास समन्वय कमिटीका सह-ईन्चार्ज लक्ष्मण पन्तलाइ (दक्षिण पूर्वी तथा पूर्वी एशिया), अध्यक्ष युवराज चौलागाइलाई (ओसिनिया) सचिव श्रीप्रसाद साह (पश्चिम एशिया) र सदस्य तिलबहादुर वि.क लाइ (दक्षिण एशिया) को जिम्मेवारी तोकेको थियो । युरोप र अमेरीका भने समन्वय कमिटीका इन्चार्जलाइ जिम्मा दिइने बताइएको छ ।
नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?
वि.सं.२०७६ माघ २७ सोमवार १७:०७ मा प्रकाशित






























