back
CTIZAN AD

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

वि.सं.२०८३ जेठ १७ आइतवार

1.6K 

shares

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ घिमिरेले आगामी जुन २३ मा हुने निर्वाचनका लागि सहयोग र समर्थनको अपिल गरेका छन्।

अमेरिकाको न्युयोर्क राज्य विधानसभा (Assembly)  को आगामी जुन २३ मा हुने निर्वाचनका लागि क्वीन्सका नेपाली अमेरिकी नेता सोमनाथ घिमिरेलेआफ्नो अभियानलाई सहयोग गर्न नेपाली तथा दक्षिण एसियाली समुदायसँग आर्थिक सहयोगको आग्रह गरेका हुन।

सन् १९९६ देखि क्वीन्सको वुडसाइड क्षेत्रमा बसोबास गर्दै आएका घिमिरे दुई दशकभन्दा बढी समयदेखि नेपाली-अमेरिकी तथा दक्षिण एसियाली समुदायका श्रमिक, आप्रवासी र सामाजिक अधिकारका सवालमा सक्रिय रहँदै आएका छन्। उनले सन् २०२० को अमेरिकी जनगणनामा क्षेत्रीय पर्यवेक्षकको जिम्मेवारी समेत निर्वाह गरेका थिए। साथै, INHURED International मार्फत मानव अधिकारसम्बन्धी अभियानमा २२ भन्दा बढी देशको भ्रमण गरी अन्तर्राष्ट्रिय अनुभव हासिल गरेका छन्।

घिमिरेले आफ्नो चुनावी एजेन्डामा किफायती आवास, गुणस्तरीय शिक्षा, श्रमिक अधिकारको संरक्षण तथा सबै समुदायको समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिएका छन्। “हाम्रो लक्ष्य प्रत्येक परिवारले अवसर र सम्मानका साथ बाँच्न सक्ने बलियो र न्यायपूर्ण क्वीन्स निर्माण गर्नु हो,” उनले बताएका छन्।

चुनावी अभियानलाई थप प्रभावकारी बनाउन तथा बढीभन्दा बढी मतदातासम्म पुग्न आर्थिक सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले समुदायका सदस्यहरूसँग सहयोगको आग्रह गरेका छन्। उनका अनुसार सानो योगदानले पनि अभियानलाई ठूलो बल पुर्‍याउनेछ।

नेपाली समुदायका विभिन्न अगुवाहरूले घिमिरेलाई सामाजिक सेवामा समर्पित, समुदायमै जरा गाडेर काम गर्ने र महिला सशक्तीकरणदेखि सामाजिक एकतासम्मका अभियानमा सक्रिय व्यक्तित्वका रूपमा चित्रित गरेका छन्। उनीहरूले आगामी निर्वाचनमा घिमिरेलाई सहयोग र समर्थन गर्न समुदायसँग अपिल गरेका छन्।

न्यूयोर्क राज्यको सार्वजनिक अभियान वित्त कार्यक्रमअन्तर्गत उम्मेदवारको अभियानले प्राप्त गर्ने साना दानलाई सरकारले बहुगुणात्मक रूपमा मिलान गर्ने व्यवस्था रहेको छ। सो कार्यक्रमअनुसार पहिलो ५० डलरको योगदान १२ गुणासम्म मिलान हुने भएकाले सानो सहयोगले पनि अभियानमा महत्वपूर्ण प्रभाव पार्ने जनाइएको छ।

घिमिरेले लोकतान्त्रिक सहभागिता र समुदायको आवाजलाई सशक्त बनाउन आफूलाई साथ दिन सबै शुभेच्छुकसँग आग्रह गरेका छन्।
घिमिरेको बारेमा थप जानकारीका लागि https://somnathforny.com/

वि.सं.२०८३ जेठ १७ आइतवार ११:०४ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...