back
CTIZAN AD

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

वि.सं.२०८३ जेठ १३ बुधवार

1.3K 

shares

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै अमेरिकाको कोलोराडोस्थित वेष्टमिनिस्टरमा सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा भएको तीन दिने सम्मेलनले ‘कोलोराडो घोषणापत्र’ पारित गरेको छ। घोषणापत्रमा वार्षिक जर्नल प्रकाशन, युवा लेखकलाई लेखवृत्ति, बाल प्रतिभा पुरस्कार र लेखन प्रशिक्षणलगायतका निर्णय समावेश छन्।

सम्मेलनमा नेपाल, अष्ट्रेलिया, डेनमार्क, पोर्चुगल र अमेरिकाका नौ जना महिला साहित्यकारलाई ‘अनेसास नवरत्न साहित्य सम्मान तथा पुरस्कार’ प्रदान गरिएको छ। पुरस्कृत हुनेमा रेणुका सोल, रिजा प्रधान, सीतादेवी बास्तोला, सवि श्रेष्ठ, सीता अर्याल, कमला न्यौपाने, लक्ष्मी श्रेष्ठ, आना स्टिर र विष्णु घले छन्। प्रत्येकले जनही दुई सय अमेरिकी डलर राशिको पुरस्कार प्राप्त गरेका थिए।

एनआरएनए एनसीसी अमेरिका र नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सहकार्यमा भएको कार्यक्रममा एक सय भन्दा बढी पुस्तक विमोचन गरिएको थियो भने एक सय चालीस जना साहित्यकारले रचना वाचन गरेका थिए।

वरिष्ठ साहित्यकार डा. नवराज लम्साल, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्मा र वर्तमान अध्यक्ष सर्वज्ञ वाग्लेले संयुक्त रूपमा सम्मेलनको उद्घाटन गरेका थिए।

विशेष अतिथिका रूपमा साहित्यकार निलम कार्की निहारिका, डा. ज्याकलिन केरबेक, रेड ओ लाफ्लिन, बोल्डरका मेयर आरोन ब्रकेट, वेष्टमिनिस्टरकी मेयर क्लेयर केरमेलिया र एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र साह उपस्थित थिए।

सम्मेलनको ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’ सेसनको सहजीकरण नारायण श्रेष्ठले गरेका थिए भने मुख्य वक्ताका रूपमा निलम कार्की निहारिका, सुधीर शर्मा र बसन्त बस्नेत रहेका थिए। त्यसैगरी, नेतृत्व, महिला सशक्तिकरण, काव्यिक परम्परा र डायस्पोरामा मिडियाको भूमिका विषयमा पनि विस्तृत बहस भएको थियो।

नेपालबाट डा. नवराज लम्साल, सुधीर शर्मा, बसन्त बस्नेत, बबिता बस्नेत, टीकाराम यात्री, विपुल पोखरेल र गायक नन्दकृष्ण जोशी वक्ता तथा सहजकर्ताका रूपमा सहभागी थिए। अमेरिकाबाट नारायण श्रेष्ठ, प्रेम बानिया, राजन कुँइकेल र नेजा अध्यक्ष सुरज भण्डारी सहभागी भएका थिए। साहित्यकार सर्वज्ञ वाग्ले, खेम रिजाल, राधेश्याम लेकाली र गोवर्धन पूजाको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सफल बनाउन किरण अधिकारी, पदम विश्वकर्मा, राजु सिटौला र तारा अधिकारीले विशेष भूमिका खेलेको मिडिया कोर्डिनेटर दीर्घराज उपाध्यायले जानकारी दिएका छन्।

अनेसासका महासचिव राजु सिटौलाले चर्चित लेखक, वरिष्ठ साहित्यकार र पत्रकारहरूको सहभागितामा भएका विभिन्न सेसनहरू नेपाली साहित्य प्रवर्द्धनका लागि ठूलो उपलब्धि रहेको बताए।

अनेसासको दशौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन नेपाल, जापान वा अन्य कुनै देशमा आयोजना गरिने आयोजकले जनाएका छन्।

वि.सं.२०८३ जेठ १३ बुधवार १६:५७ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...