back
CTIZAN AD

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

वि.सं.२०८३ जेठ १३ बुधवार

615 

shares

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको निधन भएको छ ।

काठमाडौं घर भइ बेल्जियको लुभेनमा व्यवसाय सञ्चालन गर्दै आएकी ५१ वर्षीया मिना बानियाँ थापाको शुक्रबार राति आफ्नै अपार्टमेन्टमाा सुतिरहेको अवस्थामा ब्रेन ह्याम्रेजका कारण मृत्यु भएको हो ।

‘एक छोरा र एक छोरीकी आमा मिना आफ्नो व्यावसाय र रोजगारी दुवैलाई अगाडी बढाई रहेकी एक साहसी महिला थिइन् ।’ गैरआवासीय नेपाली अभियन्ता गंगाधर गौतमले सामाजिक संजालमा दुःख व्यक्त गर्दै लेखेका छन् ।

बानियाको पार्थिव शरीर अहिले लुभेन स्थित ग्यास्तुस्वर्ग अस्पतालमा राखिएको र शनिवार बिहान १० बजे देखि ११ बजे सम्म सनातन धर्म हिन्दु संस्कार बमोजिम १२.०० बजे अन्तिम दाह–संस्कार गरिने पनि गौतमले जानकारी दिएका छन् ।

उक्त दाहसंस्कारमा उपस्थित हुन सम्पूर्ण आफन्त, परिवारजन, बेल्जियमवासी सम्पूर्ण नेपाली एवंम गैर आवासीय नेपाली दाजु भाई दिदी बहिनीहरु,संघ संस्थाका अध्यक्ष एवंम सामाजिक अभियान्ताहरु नेपाली दुतावास ब्रसेल्स परिबार समेतलाई गौतमले अनुरोध गरेका छन् ।

 

 

 

 

 

 

 

वि.सं.२०८३ जेठ १३ बुधवार ०७:२५ मा प्रकाशित

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

काठमाडौं । रसुवा जोड्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काम...

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका मुख्य सडकहरू अझै पूर्ण...

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न...

बहराइनले नेपाललाई दियो ८८ रन

बहराइनले नेपाललाई दियो ८८ रन

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी...

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

राँझा (बाँके) । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान...

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरुको खोजीका लागि उद्धार...