back
CTIZAN AD

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

वि.सं.२०८३ जेठ १३ बुधवार

1.7K 

shares

काठमाडौ । जाजरकोट निवासी स्वर्र्गीय रोशनी शाही ‘महिला दृष्टि’ मार्फत ब्युतिएकी छन । शाहीद्वारा लिखित पुस्तक ‘महिला दृष्टि’ सार्वजनिक भएको छ । थापाथलीस्थित काठमाडौं ब्याङ्क्वेटमा आयोजित एक विशेष कार्यक्रममा उक्त पुस्तकको विमोचन तथा परिचर्चा गरिएको छ ।

नेपाल सरकारको स्वास्थ्य सेवाबाबाट निवृत रोशनी शाहीको गत वर्ष जेठ १० गते हृदयघातका कारण निधन भएको थियो । उनको प्रथम वार्षिक स्मृति दिवसको अवसर पारेर सो पुस्तक बजारमा ल्याइएको हो । स्वर्र्गीय शाहीका पति चित्रजङ शाहीले उनका जीवनकालका भोगाइ, नेपाली समाजको अवस्था, राजनीति लगायतका विषयमा लेखिएका विभिन्न लेख, संस्मरण डायरी र कविताहरूलाई सङ्कलन गरी यो पुस्तक तयार पारेका हुन्।

कार्यक्रममा प्रगतिवादी क्षेत्रका स्थापित समालोचक तथा साहित्यकारहरू प्राडा गोपीन्द्र पौडेल, मोदनाथ मरहट्टा, डा चतुर्भुज केवरत र नविन विभाषले पुस्तकमाथि समीक्षात्मक ठिप्पणी राखेका थिए । पुस्तकले नेपाली समाजमा महिलाहरूले भोग्नुपरेका वास्तविक पीडा र संघर्षलाई उजागर गरेको छ । यस कृतिले समाजका उत्पीडित, वर्ग, जाति, लिङ्ग र समुदायको पक्षमा दरोसँग आवाज उठाएको समीक्षकहरूको भनाइ थियो ।

चित्रजङ शाहीको अध्यक्षतामा सम्पन्न उक्त विमोचन कार्यक्रममा सत्य पहाडीले स्वागत मन्तव्य राखेकी थिईन भने कार्यक्रमको सञ्चालन हिरामणि दुःखीले गरेका थिए । कार्यक्रममा प्राध्यापक, साहित्यकार, पत्रकार, नेपाल सरकारका निवृत कर्मचारी, बुद्धिजीवीका साथै स्वर्र्गीय शाहीका परिवार, आफन्त र शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:०४ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...